
ईकोनोमिक खबर, काठमाण्डौं। अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा १५ औं शाखा काठमाण्डौ मलमा बिस्तार गरेको छ।
के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि.ले नेपालकै पहिलो के.एफ.सी. (Flagship Store) सञ्चालनमा ल्याएको हो । के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ।
यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेनको परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ। नयाँ शाखा सञ्चानल संगै के.एफ.सी.ले क्रिसमस र अंग्रेजी नयाँबर्षको उपलक्षमा KFC Celebration Meal लगायतका नयाँअफर समेत ल्याएको छ।
यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुतसेवा समेत लिन सकिने छ। हरेक ग्राहकले Customer Display Screenबाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन् । २३४० वर्गफिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकहरुले सेवा लिन सक्नेछन्।
रेटुरेन्टले हाल विहान ९ः०० बजे बाट रातको ९ः०० बजे सम्म डाइन–इन र टेकअवे मार्फत सेवा दिइरहेको छ । साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडको डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराले १५ जनालाई प्रत्यक्ष रोजगार दिएको छ।