हिफर इन्टरनेशनल मार्फत् नेपाल सरकारलाई १२० वटा गाई तथा साँढे प्रदान
Economic Khabar
७ पुष २०७९, बिहीबार २२:२८
ईकोनोमिक खबर, काठमाण्डौ। दक्षिण कोरिया सरकारबाट हिफर इन्टरनेशनल मार्फत् नेपाल सरकारलाई प्राविधिक सहायताका रुपमा १०० उच्च जातका कोरेली गाई र २० ओटा वटा साँढे मध्ये आज प्रथम चरणमा ३६ वटा कोरेली गाई र ६ वटा राँगा उपलव्ध गराउन लागिएको हो।
प्रथम चरणमा आज पौष ७ गते बिहिबार साँझ ५ः ३० बजे ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन साँढे (Breeding Bull) र ३४ लिटर जमेको वीर्य त्रिभुवन अन्तराष्ष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका विच नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सु ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकास तर्फका सचिव डाः दिपक कुमार खराललाई हस्तान्तरण गर्नुभयो।
१०० वटा होल्स्टेन फ्रिजन (Holestian Friesisn) जातका कोरेली गाई र २० वटा उच्च प्रजनन मानकासाँढे (Breeding Bull) मध्ये प्रथम चरणमा आज चार चरणमा गरी डिसेम्वर २८ (पौष १३) गते सम्म सवै कोरेली गाई र प्रजनन साँढे नेपाल आइपुगिसक्ने छन्।
आज ल्याईएका ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन साँढे केहीदिन नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा राखि पशु प्रजनन कार्यालय पोखरा र लाहान कार्यालयमा तथा कमलामाई नगरपालिकामा हस्तान्तरण गरिनेछ ।
यसरी प्राप्त आनुवांशिक स्रोतबाट नेपालमा उच्च प्रजनन मानका गाईको स्रोत केन्द्र विकास, दुध उत्पादन वृद्धि तथा जातीय अनुवंशीक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।