ईकोनोमिक खबर, काठमाण्डौं।
विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विकासले गर्दा आप्रवासन वर्तमान समाजको अभिन्न आयाम बन्न पुगेको छ । रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायतका कारणले विश्वमा आप्रवासन हुने प्रचलन छ। आई।ओ।एम। द्वारा प्रकाशित World Migration Report, 2022 अनुसार संसारभर २८ करोड ५९ लाख मानिसहरु आप्रवासी श्रमिकको रुपमा रहेका छन् । यी आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै वैदेशिक रोजगारमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्युनतम् मानव अधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी श्रमिकहरु माथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्र संघले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गर्यो जुन सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं. ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्वरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस सम्बद्ध सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरुका परिवार, संचार जगत, लगायत सम्बद्ध पक्षहरुको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ ।
नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण योगदानपु(याउँदै आएको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिंलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने राज्यको नीति रहेको छ । नेपाल सरकारको आ.ब.२०७९ र८ ० को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीका श्रम सम्झौताको पुनरावलोकन गर्दै लगिने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गरी सीप अनुसारको व्यवसाय संचालन र रोजगार सिर्जना गरी सामाजिक तथा आर्थिक पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख गरिएको छ ।
सार्वजनिक, निजी र सहकारी क्षेत्रमा उपलब्ध रोजगारीका अवसरसम्बन्धी एकीकृत सूचना प्रणालीको विकास गरी सीप तथा रोजगार ई-डाइरेक्टरी तयार गरिने नीति लिएको छ । साथै, वैदेशिक रोजगारीमा रहेकानेपाली नागरिक तथा निजको परिवारलाई प्रदान गरिने राहत, उद्धार तथा अन्य कल्याणकारी सेवा स्थानीय पालिका मार्फत थप प्रभावकारी रूपमा उपलब्ध गराइने नीति लिएको छ ।
कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत करिव २५ प्रतिशत रहनुले वैदेशिक रोजगारको महत्वलाई उजागर गरेको छ । आ।व। २०६५र६६ देखि २०७८र७९ सम्ममा मात्रै झन्डै ८,४६६ अर्ब विप्रेषण नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । आ।व।२०६५र६६ देखि २०७८र७९ सम्म वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिलिई वैदेशिक रोजगारीमा गएका २ लाख ८६ हजार २४२ महिला सहित कूल ५० लाख ८३३ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घर परिवार सञ्चालन गर्न तथा नेपालको अर्थतन्त्रमा ठुलो सहयोग पु(याएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांक अनुसार सचिवालयको स्थापनादेखि आ।व। २०७८र७९ सम्म वैदेशिक रोजगारीको क्रममा मृत्युवरण भएका १०,९३२ र २,१२५जना गम्भिर विरामी तथा अंगभंग भएर फर्किएका श्रमिकहरूलाई बोर्ड सचिवालयबाट आर्थिक सहायता प्रदान गरिएको छ । वैदेशिक रोजगारीका लागि नेपाली समाजले महँगो सामाजिक मूल्य पनि चुकाउनु परिरहेको तथ्य यसबाट पुष्टि हुन्छ ।
वैदेशिक रोजगारीमा रहेका र रोजगारीमा जाने श्रमिकको हकहित तथा वैदेशिक रोजगारी सम्बन्धी जनचेतनाका लागि स्थानीय सरकार संचालन ऐन, २०७४ मा स्थानीय पालिका का विभिन्न जिम्मेवारी तोकिएका छन् ।जसअन्तर्गत ऐनको दफा ११ मा व्यवस्था भए बमोजिम स्थानीय पालिका ले सुरक्षित बैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेका श्रम शक्तिको सूचना तथा तथ्यांकको संकलन तथा व्यवस्थापन गर्ने, रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा जाने श्रम शक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण एवं पुनस्थापना तथा वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्ने जस्ता महत्वपूर्ण कार्यहरुको जिम्मेवारी तोकिएको छ ।वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरणको लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको लागि पुनः एकीकरण कार्यक्रम ९ संचालन तथा ब्यबस्थापन०निर्देशिका २०७९,मार्फत स्थानिय पालिका संग सहकार्य गरि कार्यक्रमसञ्चालनको लागि प्रक्रिया अघि बढेको छ ।
स्थानीय पालिकामा नै वैदेशिक रोजगार सम्बन्धी पूर्ण ज्ञान प्रदान गर्दै अन्तर्राष्ट्रिय श्रम बजारमा उच्च माग भएका दक्ष एवं सीपयुक्त जनशक्तिको निर्माण र सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सकिएमा मात्र वैदेशिक रोजगार मर्यादित एवं सार्थक हुन सक्दछ । यसरी सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको छ । यसलाई नतिजामुखी हुने गरी मनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा एउटा मूल समारोह समिति गठन गरी त्यस अन्तर्गत अन्य विषयगत उपसमितिहरु गठन गरिएका छन् । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने नागरिकता, राहदानी तथा अन्य कागजापालिका रु तयार पार्न स्थानीयपालिका तथा जिल्लास्तरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीयपालिका लगायतकानिकायहरुको महत्वपुर्ण भूमिका रहेको छ ।यसर्थ सबैको सरोकारको विषय भएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले स्थानीयस्तरमा समेत विशेष महत्व राख्दछ।
यो वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसलाई नेपालमा“वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान स् उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान” मूल नाराका साथ मनाइने गरि तय गरिएको छ । प्लेकार्डरब्यानर आदिका लागि अन्य सचेतनामूलक नाराहरू देहाय बमोजिम हुनेछन् –
- आप्रवासी श्रमिककोस्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार
- आप्रवासी श्रमिकको सम्मान गरौंस् समान कामका लागि समान ज्याला कायम गरौं
- महिला आप्रवासी श्रमिकको सम्मान गरौंस् लैङ्गिक विभेदको अन्त्य गरौं
- आप्रवासी र आश्रित परिवारको संरक्षण गरौँ
- स्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार
अतः यस दिवसलाई प्रदेश तथा स्थानीयपालिका सम्म पुर्याउन प्रदेश सरकार तथा स्थानीयपालिकाको अगुवाईमा जिल्लास्थित विभिन्न सरकारी निकायहरू, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरू, सबै राजनीतिक दल, नागरिक समाज, गैरसरकारी एवं निजी संघ संस्थाहरू, ट्रेड युनियन,सञ्चारजगत, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारसमेतको सक्रिय सहभागितामा शिष्ट, सभ्य एवं विवाद रहित ढंगबाट आयोजना गरेर मूल समारोह समितिबाट स्वीकृत भएका विविध कार्यक्रमहरू यही डिसेम्बर १६ देखि २२ तारिखसम्म सप्ताहव्यापीरुपमा उत्साहपूर्वक मनाउन मूल आयोजक समिति सबैमा हार्दिक आव्हान गर्दछ ।