१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६


काठमाडौंको त्रिपुरेश्वर स्थित World Trade Centerमा आयोजना हुने गरेको ‘१२ औं तीज मेला तथा अन्र्तराष्ट्रिय व्यापार मेला २०७६’ तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ । यो मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता रहेको छ भने ५०,००० भन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।

यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना सृजनात्मक बस्तु उत्पादन र सेवा मार्फत प्रदर्शन तथा बजारीकरण गर्ने उद्देश्यले वार्षिक रुपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ।