जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्थानीयवासीको आग्रहलाई आयोजनाले सम्बोधन गरेको बताउनुभयो।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ती आयोजनाका प्रमुखले चिलिमे कम्पनी आफँैमा सफल कम्पनी रहेको र त्यसका सहायक कम्पनीको शेयरमा समेत आम नागरिक सहभागी हुने अपेक्षामा रहेको बताउनुभयो।
सबैलाई समावेश गर्ने विधि खोजिदै
पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबै नेपाली नागरिकलाई जलविद्युत्को शेयरधनी बनाउने उपायको खोजी गरिने उल्लेख गर्नुभयो । विद्यमान संरचनाअनुसार सबै नागरिक शेयरधनी हुन नसक्ने भन्ने आशङ्का पैदा भइरहेको अवस्थामा मन्त्री पुनको सो धारणा आएको हो। उहाँले भन्नुभयो, “सबै नागरिकले सानोतिनो लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि शेयर संरचनामा समेत परिवर्तन जरुरी छ । विस्तारै सबै प्रक्रिया र चासोसमेत मिल्दै जान्छ।”
हाल १५ लाख बराबरमात्रै हितग्राही खाता खोलिएको छ। आम नागरिकलाई शेयरधनी बनाउनका लागि हितग्राही खाता खोल्ने अभियान चलाउनु आवश्यक छ। सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रमको पहिलो योजनामा समेत शहरी क्षेत्रमा रहेका लगानीकर्ता सहभागी भए। रसुवागढी र साञ्जेनको शेयरमा समेत सोही अवस्था आउने सम्भवना बढी छ । मन्त्री पुनले आगामी दिनमा सो कार्यक्रममा समावेश भएका आयोजनालाई सम्बन्धित प्रदेशलाई नै निश्चित प्रतिशत छुट्याएर शेयर दिने प्रणालीको शुरुआत गरिने बताउनुभया ।
“सबै नागरिक जलविद्युत्को शेयरमार्फत आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुपर्छ भन्ने सरकारको चाहना छ। कसरी बढीभन्दा बढी नागरिक सहभागी हुन्छन् भन्नेमा सरकार र मन्त्रालय चिन्तित छ। उपयुक्त विकल्पको खोजी गरिन्छ”, मन्त्री पुनले भन्नुभयो।
हजार कित्ता आवेदन दिन्छु– मन्त्री पुन
जनताको जलविद्युत् कार्यक्रमको पहिलो आयोजनाको रूपमा रहेको माथिल्लो त्रिशूली थ्री बी मा आम जनताको ठूलो उत्साह देखिएको भन्दै मन्त्री पुनले रसुवागढी र साञ्जेनको शेयरमा समेत त्यस्तै उत्साह रहने विश्वास व्यक्त गर्नुभयो। माथिल्लो त्रिशूली थ्री बी मा एक हजार कित्ता शेयर आवेदन गर्दा आफूलाई २० कित्ता शेयर परेको भन्दै मन्त्री पुनले आगामी वैशाख ६ गतेदेखि बिक्री हुनलागेको रसुवागढी र साञ्जेनमा भने एक हजार कित्ता आवेदन गर्ने खुलासा गर्नुभयो।
मन्त्रिपरिषद्को बैठकमा समेत सङ्घीय सरकारका मन्त्रीले आफूहरू समेत जनताको जलविद्युत्को शेयरधनी बन्ने इच्छा व्यक्त गरेको जानकारी दिँदै मन्त्री पुनले भन्नुभयो, “राजनीतिक नेतृत्व, कर्मचारी सबैतिर उत्साह छ, हामीले अगाडि सारेको कार्यक्रम सफल हुन्छभन्ने विश्वास लिएका छौँ।” रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले कूल रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ।
शेयर बजार ः दोहोरो अङ्कले घट्यो
इकोनामिक खबर
काठमाडौँ । लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१९ विन्दुले घटेर २५२.८१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेपनि कारोवार रकम भने आज बढेको छ । कूल १७१ कम्पनीको २७ लाख ३९ हजार ६८९ कित्ता शेयर रु ७१ करोड ७१ लाख ४७ हजार २७४ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका दशवटै उपसमूहको शेयर घटेको छ । बैंकिङ ९.६, होटल ०.९१, विकास बैंक ५.४८, जलविद्युत् ७.९, वित्त ०.५८, निर्जीवन बीमा ९३.६१, उत्पादन ३६.३२, अन्य २.७५, लघुवित्त १४.५८ र जीवन बीमा ८३.०२ विन्दुले घटेको छ।
कारोबारका आधारमा आज कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु पाँच करोड ७७ लाख ७९ हजार १६५, नेको इन्स्योरेन्स रु पाँच करोड ७५ लाख ४९ हजार ५०६, एनआइसि एशिया रु चार करोड ९९ लाख १९ हजार ३६१, गरिमा विकास बैंक लिमिटेडको संस्थापक शेयर रु तीन करोड ८४ लाख ६७ हजार १५५, नेपाल बैंक लिमिटेड रु तीन करोड ७२ लाख ३५ हजार ४२, एनएमबी बैंक रु तीन करोड ३८ लाख २६ हजार ७६५ र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई करोड ५६ लाख १३ हजार २१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
स्टकका अनुसार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ९.५२ प्रतिशतले कमाएका छन् । उन्नती माइक्रोफाइनान्स ५.८८, सिन्धु विकास बैंक ५.४७, आँखु खोला जलविद्युत् कम्पनी ३.८५, रिलायन्स फाइनान्सका शेयरधनीले २.५६ प्रतिशत कमाए । यस्तै जोशी हाइड्रो पावर ८.१२, घलेम्दी ८.१०, एनएमबी माइक्रोफाइनान्स ७.०४, पञ्चकन्या माइ हाइड्रोपार ६.०३, र शिवम सिमेन्टका शेयरधनीले ५.७७ प्रतिशतले गुमाए।
इकोनामिक खबर
काठमाडौं । सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालय गाँउपालिकामा नयाँ शाखा स्थापना गरेको छ । कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले शिवालय शाखाको उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा कर्णाली प्रदेश सभा सदस्य शाहीले अहिले पनि नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैकिङ गर्ने र सो ४० प्रतिशत भित्रको ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउनुभयो । ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा वित्तीय साक्षरताको अभिबृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धि आउने उहाँले बताउनुभयो।
सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, उपाध्यक्ष कुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मालगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो।
स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गर्नुभयो।
बैंकका प्रमुख माईक्रो बैकिङ गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा वित्तीय पहुँच पु¥याउने नीतिलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा सञ्चालनमा ल्याई जिल्लावासीलाई सहयोग गर्न पाएकोमा उहाँले खुशी ब्यक्त गर्नुभयो।
बैंकले ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिएको उहाँले बताउनुभयो । साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिबृद्वि गर्दै जाने कुरा पनि उहाँले बताउनुभयो।