
ईकोनोमिक खबर, काठमाण्डौं,
कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्मा बाली संरक्षण समाज नेपालको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
उपाध्यक्षमा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाई, महासचिवमा डा. सुन्दर तिवारी, सहसचिवमा डा. देवराज अधिकारी, कोषाध्यक्षमा साबीत्री बराल र सदस्यहरुमा कपिल काफ्ले, ललित शाह, सुरेन्द्र सुवेदी, रामप्रसाद मैनाली, श्रींखला मानन्धर र ध्रुवराज भट्ट मनोनित भएका छन्।
हिजो र आज ललितपुरमा भएको समाजको साधरण सभाले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ कार्यसमितिले बाली संरक्षणको नीति तर्जुमा गर्न कृषि मन्त्रालयलाई सहयोग गर्ने र बाली संरक्षण अधिकृतहरुको क्षमता विकासमा काम अध्यक्ष शर्माले बताए।
पूर्व महानिर्देशक शर्मा यस अघि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख रहेर काम गरेका थिए । उनको पालनमा सातै प्रदेशमा तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीको मात्र जाच्ने प्रयोगशाला स्थापना गर्ने महत्वपूर्ण योगदान पुयाएका थिए ।