ईकोनोमिक खबर, काठमाण्डौ,
कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला कार्यक्रम कृषि विकास बैक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षतामा र मधेश प्रदेश योजना आयोगका माननिय उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा महोत्तरीको बर्दिवासमा एक कार्यक्रम बीच विधिवत रुपमा शुभारम्भ भएको छ।
कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष IFAD को वित्तिय सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंक द्धारा संचालन हुन लागेको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला (Value Chains For Inclusive Transformation of Agriculture, VITA) कार्यक्रम हो।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेख बहादुर मगराती, प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहको अपस्थिति थियो। साथै IFAD का परामर्शदाता तथा कन्सल्टेन्ट श्री श्याम बहादुर खड्का, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, समृद्धि आयोजना जनकपुरका करिडोर संयोजक, सफल किसान तथा कृषि समुहका प्रतिनिधिहरुको सहभागिता थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा बैंकका संचालक श्री राजेन्द्र मिश्र विद्युतिय माध्यम ZOOM मार्फत जोडिनुभएको थियो । यस कार्यक्रममा कृषि विकास बैंक, जनकपुर प्रदेश कार्यालयका निर्देशक श्री तिलक प्रधानले सहभागिहरुलाई स्वागत गर्दै यस कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो।
कृषि विकास बैकका तर्फबाट यस परियोजनाका प्रमुख तथा बैंकमा उपमहाप्रबन्धक बाबुकाजी थापाले VITA कार्यक्रमको बिस्तृत रुपमा जानकारी दिंदै यस आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धिहरु, लक्षित समूह, लभान्वित संख्या, कार्यक्रमका संभागहरु र मूल्य श्रृंखला बिकासका लागि लिक्षित कृषि बस्तुहरु तथा कार्यक्रम संचालनका प्रमुख आर्थिक स्रोतहरुको सम्बन्धमा बताउनु भयो।
सहभागीहरुको जिज्ञासाहरु सम्वोधन गर्ने क्रममा IFADका परामशर््ादाता श्री श्यामबहादुर खडकाले यो कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धि बनाउदै व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले संचालन गर्न लागिएको जानकारी गराउनु भयो ।
त्यस्तै शुभकामना मन्तव्य दिने क्रममा प्रविधि, वित्तीय पहुँच तथा बजारिकरणको माध्यमद्धारा परम्परागत रुपमा रहेको निर्वाहमुखि कृषि प्रणालीलाई रुपान्तरण गरि व्यवसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको प्रमुख अतिथी डा. झाले बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव श्री मेख बहादुर मगराती, कृषि तथा सहकारी मन्त्रालयका सचिव श्री नम्रता सिह र अर्थ मन्त्रालयका सचिव श्री गजेन्द्र कुमार ठाकुरले यस क्षेत्रमा कृषिको महत्वको बारेमा प्रकाश पार्दै यस VITA कार्यक्रमले पुर्याउन सक्ने योगदानका सम्वन्धमा सुझाव सहित यस कार्यक्रमको सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गर्नु भएको थियो।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव तथा कृषि विकास बैंकका संचालक श्री राजेन्द्र मिश्रले ZOOM मार्फत किसानहरुमा सहुलियत दरमा वित्तिय पहूँच पुर्याउन यस कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताउदै ख्क्ष्त्ब् कार्यक्रमले किसानको उत्पादन र उत्पादकत्व बृद्धि गरी आयातमा प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन हुने गरी मूल्य श्रृंखलाको अवधारणामा लगानी गरिने बताउदै मन्त्रालयको तर्फबाट पूर्णसाथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।
बैंकका प्रमुख कार्यकारी अधिकृतले सबै सहभागीहरुलाई धन्यवाद दिर्दै यस मधेश प्रदेशका कृषिको सम्भावना प्रसस्त रहेको र यस कार्यक्रमले सहुलियतपूर्ण कर्जाको रुपमा सही तरीकाले आपूर्तीकर्ता, कृषक, प्रशोधनकर्ताहरुलाई बजार मागको अधारमा मूल्य श्रृंखलामा आवद्ध गराई लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।