ईकोनोमिक खबर, काठमाण्डौं।
बोर्डको ३१ औं स्थापना दिवसको मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सम्पन्न भयो, ‘दुग्ध क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नका लागि नेपाल सरकारलाई उपयुक्त नीति निमार्ण गर्न सुझाव दिइनेछ।’
दुग्ध क्षेत्रको विकास तथा प्रबद्र्धन गर्नको लागी निति निर्माण गर्न सरकारलाई राष्ट्रिय दुग्ध विकास बोर्डले राय सुझाव दिने भएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र प्रसाद यादवका अनुसार नेपालमा अहिले ७४ लाख गाई र ५४ लाख भैंसी रहेकोमा दुध दिने १० देखि १५ प्रतिशत मात्रै हुनेहुनाले चैत्र महिना खडेरी नै मानिन्छ जसमध्ये ६ महिनालाई मात्र दुधको उत्पादन धान्न सकिन्छ, धुलो वा पाउडर दुधको प्रयोग गरेर अहिलेको माग धानिरहेका छौ.। अवको आ.ब.मा नश्लसुधारका गाई भैसीको उत्पादन, किसान देखि दुग्ध उत्पादक उद्योग सम्ममा अनुदान र विकासमा जोड दिने कार्यक्रम रहेको बताए।
राष्ट्रिय दुग्ध विकास बोर्डले स्थापना दिवसको अवसरमा रक्तदान, नेपाल स्नेही काख अनाथालय एवं वृद्धाश्रम–कुशुन्ती र धापाखेलमा दुध तथा दुग्धपदार्थ वितरण साथै सम्मान कार्यक्रम गरेको छ।
त्यसैगरि, दुग्ध विकासका लागि पशु विकास र पशु स्वास्थ्य षेत्रमा देखापरेका समस्याहरुको निराकरणका लागि उपायहरु पत्ता लगाउने, देशभित्रका सम्पूर्ण निजी र सरकारी क्षेत्रका दुग्धव्यवसायीहरु वीच सामञ्जस्य स्थापना गर्ने, गराउने, दुग्ध विकास सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने र पशुचरनको प्रवन्ध गर्ने गराउने जस्ता लक्ष्यहरु रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।
बोर्डको ३१ औं स्थापना दिवस आउदो १७ गते पशु विभागमा दुग्ध विकास सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान सम्बन्धि गोष्ठि तथा दुग्ध विकासमा सहयोग पुर्याउने विभिन्न ब्यक्ति, संघ, संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको बताएका छन ।