ईकोनोमिक खबर, काभ्रे।
नेपालको आदिमकाल देखि आफैमा इतिहास बोकेको जिल्ला, विभिन्न कालखण्डमा राजामहाराजाहरुको आश्रय स्थलमा परिचत काभ्रेपलान्चोक जिल्ला खाद्यान्न लगायत अन्य कारण बाट पनि प्रचलित जिल्लाको रुपमा रहेको छ। काभे्र जिल्ला भित्रकै नमोबुद्ध नगरपालिकामा हिन्दु, बौद्य र इशाई धर्मावालम्बीहरुको बसोबास रहेको नमुना नगरपालिका नमोबुद्ध नगरपालिका हो।
काभ्रेका ६ नगरपालिका मध्ये नमोबुद्धका नागरिकहरुले कृषि पशुपालन र व्यापारलाई मुख्य पेशाको रुपमा ऐतिहासिक कालबाटै अँगाल्दै आएको पाईन्छ । काठमाडौंबाट ५० किमी पूर्व, धलिखेलबाट २० किलोमिटर पूर्वमा रहेको छ।
यस नगरपालिका आफैमा एतिहासिक भएपनि कहिल्यै गतिलो नेतृत्व पाएका छैनौ भन्छन यहाँका नागरिक । ५ बर्षमा चुनाव जित्नी अनि जनताको कामकारबाहिमा अनउत्तरदायी हुने सँस्कृतिले उनीहरुलाई शुशासनको प्रत्याभूति हुनै सकेन।
२६ हजार जनसंख्या रहेको यस नगरपालिकामा वार्षिक ७४ करोड बजेट आएपनि असल शासन नहुँदा यो नगरपालिका भारत बिहारको भष्ट्र राज्य जस्तो भयो । मध्यमवर्गलाई करको भारी बोकाइयो । तर त्यो पैसा सदुपयोग भएको देख्नै पाईएन । नगरपालिका भएपछि स्थानियस्तरमै रोजगारी अवसर सिर्जना हुन पर्नेमा यहाँका धेरै युवा बाहिरिन बाध्य भए । यति राम्रो भुगोल र कृषिको उत्पादकत्व राम्रो भएपनि विचौलीया हावी हुँदा हाम्रा दाईभाइलाई कृषिमा टिकाउन सकिएन।
१० वर्ष अघि २९ हजार रहेको हाम्रो नगरपालिको जनसंख्या २६ हजारमा झ¥यो । हावापानी राम्रो भएपनि हाम्रा दाजुभाईलाई यो स्वर्ग जस्तो भूमिबाट खाडीको तातो मरुभूमिमा पठाउनु पर्यो । वार्षिक विनियोजन हुने ७४ करोड बजेट कनिका छरे जसरी छरिएको छ । यतिका बजेट आउँदा पनि विकास निर्माणको काममा झारा टार्ने काम भयो।
अझै पनि प्रमुख राजनीतिक दल भनाउदालाई पत्याउने हो र पाँच बर्ष पछुताउने काम मात्र हुने गर्छ। अब परिक्षण भएकालाई होइन यो नगरपालिकाको माया भएको, यो नगरबासीको शिर उचो पार्नेका लागि तपाईहरुकै छोरो नवराज सत्याल आउँदो वैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि नगरप्रमुख उम्मेद्वार भएर आउदै छन।
नगरप्रमुखका प्रमुख दाबेदार नवराज सत्याल विजयी भएमा यस नगरपालिका भित्र निःशुल्क शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्ने प्रतिवद्धता गरेका छन । यहीको स्थानिय स्रोतसाधनको प्रयोग गरि स्थनिय उत्पादन बृद्धि र आन्तरीक रोजगारमा बृद्धि गराई वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता हटाउन सक्ने योजना बनाइसकेका छन। तपाईका छोरा छोरीको उन्नत भविष्य, तपाईको खुसी, सुखी र सम्मानित जिवन विताउन चाहने हो भने मात्र एक पटक हलो चिन्हमा भोट हालेर मौका दिनुस । परिवर्तन खोज्ने कि यथास्थितीमै बस्ने यो तपाइको रोजाई हो।
नवराज सत्याल, काभ्रेको नागरिक, नमोवुद्ध नगरपालिको छोरा । यही नगरपालिका भित्रै, पढे हुर्के र सानै भएपनि उद्यममा छन। यस नगरपालिकाको विकासका लागि जहाँ भएपनि सधै चिन्तित रहने विद्धान नागरीकलाई त्यस नगरपालीकाको योग्य उम्मेदवार छन।
संघीय राजधानी संग जोडिएको काभ्रे जिल्ला र यो नगरपालिका जति विकास हुनपर्ने थियो हुनसकेको छैन । भ्रष्टहरुको हातमा नगरपालिको साँचो भएपछि जनताले कहिल्यै निःशुल्क भनिएको गतिलो स्वास्थ्य उपचार पाउन सकेनौं । सरकारी विद्यालयको गुणस्तरमा ३० वर्ष यता सुधार नै हुन सकेन । गाउँमा रोजगारी सिर्जना हुनै सकेन । सरकारी निकाय हाम्रा लागि कहिल्यै सहयोगी बन्नसकेन। मालपोत, नापी, कृषि जस्ता कार्यालय जताततै घुस र कमिसन बाहेक कामै हुन सकेन । गणतन्त्र आएपछि स्थानिय तहमा रोजगारी सिर्जना हुने कुरा गफमै सिमित भए । जिल्लामा बासोबास गर्ने नागरीकलाई मलेसिया, अरब, कतार जानबाट रोक्न सकिएन । भष्टचार र कुशासनमा यो नगरपालिका विहारको राज्य भन्दा माथि गयो।
यो कुस्सँकार हटाउन यहि वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि राप्रपा नेपालबाट नगरप्रमुखको उम्मेदवार बनेर आउँदै छन। तपाई हाम्रा छोरा छोरीको उन्नत भविष्य, तपाई हाम्रो सुखी र सम्माानित जिवन विताउन चाहने हो भने मात्र एक पटक हलो चिन्हमा भोट हालेर मौका दिनुस नवराज सत्याल लाई।