ईकोनोमिक खबर,
बैशाख ६ गते देखि शुरु भएको सातौँ कृषि गणनाको समग्र विषयमा केन्द्रीय तथ्याङ्क विभागले आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ।
मंगलबार देखि सुरु भएको कृषि गणनामा ७७ जिल्लाका ७५३ पालिकाका छनौटमा परेका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषकसँग कृषि क्रियाकलाप सम्बन्धी सम्पूर्ण जानकारी स्थलगत रुपमा सङ्कलन शुरु गरिएको छ । यसको अवधि बैशाख ६ गते बाट जेठ मसान्त सम्म रहनेछ । विभागले जनाए अनुसार कृषि गणनाका लागि ५१५० गणक, १३५० सुपरीवेक्षक तथा ७७ कृषि गणना अधिकृत सहित ७२०० कर्मचारी प्रत्यक्षरुपमा स्थलगत कार्यमा परिचालित छन ।
https://youtu.be/afEOxnzz1t4<iframe width="255" height="200" src="https://www.youtube.com/embed/afEOxnzz1t4" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
कृषि गणनाको लागी ८६ करोड खर्च लाग्ने अनुमाग गरिएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७७र७८ मा गणना तयारीका लागि ५ करोड, गणनाको लागि आर्थिक वर्ष २०७८र७९ मा ७२ करोड र तथ्याङक संकलन भइसकेपछि प्रकाशन तथा डाटा इन्ट्रीको लागि आर्थिक वर्ष २०७९र८० मा ९ करोड लाग्ने अनुमान गरिएको जानकारी दिएको हो ।
सातौँ कृषि गणनामा संरचनागत तथ्याङ्कहरुमा जस्तै पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली लागेको वग्गाको क्षेत्रफल र उत्पादन, जग्गाको स्वामित्वमा महिला पुरुषको अवस्था र उपयोग, सिंचाईको अवस्था, विषादी, मलखाद तथा वीउविजनको पयोग, ्रमाछापालन, च्याउखेती, मौरीपालन, पशुपन्छीपालन, कृषि क्रण, विमा तथा अनुदानको अवस्थाका बारेमा लगायत विभिन्न कृषिका विषयहरु समेटेर तथ्याङ्क सङ्कलन गर्नेछन् । गणना पश्चात किसानले दिएका सुचनाका फारमहरुको कोडिंग, ईडिटिंग, ईन्ट्रि, प्रशोधन तथा विश्लेषण गरी २०७९ सालको मंशीरमा प्रारम्भीक प्रतिवेदन तयार तथा सार्वजनिक गर्ने योजना रेहेको जानकारी दिएको छ।
यो कृषि गणनाको मुख्य आधार नै २०७८ मा भएको राष्ट्रिय जनगणना लाई लिएको छ त्यसमा ६१ लाख कृषक मध्ये बाट ३ लाख ५१ हजार कृषक यस कृषि गणनामा छनौटमा परेका मध्येलाई मात्र प्रश्न सोधिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कमा नेपालमा हाल झण्डै ६६ प्रतिशत किसान रहेका र कूल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । राज्यले कृषिप्रधान मुलुक भने पनि सहि कषकको पहिचानमा यो गणना पनि मुख्य आधारमा रहने विभागको कृषि गणना प्रमुख बद्रि कुमार कार्कीले बताउनु भयो । यो गणना हरेक दश दश बर्षमा हुने पछिल्लो तथ्याङ्क भन्दा बढि ब्यवहारीक र आधुनिक तथ्याङ्क हुनेछ, यसले तिनै तहका सरकारहरुलाई चाहिने तथ्याङ्कका मानकहरु समावेश हुने उद्देश्यका साथ संचालन गरीएको राष्ट्रिय कृषि गणना २०७८ संघियता पछिको पहिलो गणना हुने जानकारी दिनुभयो ।
काठमाण्डौ, ललितपुर र भक्तपुरमा ट्याबलेट माफर््त पनि आधुनिक प्रविधिको प्रयोगबाट तथ्याङ्क संकलन हुनेछ भने बाँकी जिल्लाहरुमा कागजी प्रश्र्नावलीको प्रयोग हुनेछ ।
सातौँ कृषि गणनाले किसानको सङ्ख्या, पशुपक्षीको गणना, कृषि ऋण, कृषि मजदुर, कृषिमा महिलाको सहभागिता, सिँचाइ, अनुदान लिने किसानको सङ्ख्या, कृषि औजारको प्रयोग, कृषिमा यान्त्रिकीकरण, कृषि बिमा, रासायनिक मल, उन्नत बीउविजनको प्रयोग आदिका बारेमा तथ्याङ्क बाहिर आउने भएको छ ।
कृषि गणनाबाट योजना तर्जुमा तथा नीतिनिर्माण, अनुगमन तथा मूल्याङ्कन, नीति र निर्मातालाई सहयोग पुग्ने अपेक्षा गर्न सकिने विभागका निर्देशक महेश कुमार सुवेदीले जानकारी दिनुभयो । जलवायुको असर पनि जाँचिने खासगरी जलवायु परिवर्तनले नेपालका किसानहरूलाई पारेको असर सम्बन्धी विभिन्न प्रश्नावलिहरु समेत समावेश रहेको बताए।
https://agricensusnepal.gov.np/
कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार भन्ने नाराको साथ राष्ट्रिय अभियानको रुपमा संचालन भईरहेको कृषिगणना कार्यक्रम सबै सरोकारवालको साथ सहयोगमा सफल बनाउन केन्द्रिय तथ्याङ्क विभागको अनुरोध छ ।