
ईकोनोमिक खबर, काठमाण्डौं।
मानव शरीरबाट हामीले खाएका चिजहरु निश्चित समय पश्चात शरीरको पाचन प्रणालीबाट बाहिर निस्किने प्रकृया मानवशरीर नियमित हो। हामीहरु घरबाहिर हिँड्दा सार्वजनिक शौचालयमा शौच त पक्कै गर्नुभएकै होला । याद गर्नुभएको छ, प्रायः सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा केही खाली छोडिएको हुन्छ नि ? मल, फिल्म हल, पार्कलगायत शौचालयमा यस्तो गरिएको हुन्छ । तर, ढोकामा तल्लोपट्टि एक वा दुई हातजति खाली हुन्छ किन राखियो होला ? यसको तात्पर्य थाहा छैन भने अब जान्नुहोस्।
१। सार्वजनिक ९प्रायः पार्क तथा बगैंचा०मा भएको शौचालयमा जोडीहरु अनैतिक क्रियाकलाप हुन सक्छ। दुवैजना एकैसाथ शौचालय प्रवेश गरेर यौन कृयाकलापमा संलग्न हुन सक्छन् । त्यसैले यस्तो गतिबिधी नहोस् भन्नका लागी सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा खुल्ला राखिएको हुन्छ।
२। यौनजन्य क्रियाकलापबाहेक सार्वजनिक शौचालयमा अन्य गलत कार्यहरु पनि हुनसक्छ । जस्तैः लागूऔषध सेवन, जाँडरक्सी पिउने आदि । यस्ता गतिबिधि नहुन् भनेर पनि ढोकामुनी खाली राखिन्छ।
३। बच्चाहरु निकै नै चकचके स्वभावका हुन्छन् । जहाँ, जतिबेला पनि आपतकालिन अवस्था सिर्जना गरिदिन सक्छन् । केटाकेटी शौचालयमा छिरेर खेल्दाखेल्दै चुकुल लगाइदियो भने त बित्यास नै पर्छ । यस्तो अवस्थामा बच्चालाई सजिलै बाहिर निकाल्न सकियोस् भनेर सार्वजनिक शौचालयको ढोकामुनी खाली ठाउँ राखिएको हुन्छ।
४। ठूलै मान्छे पनि शौचालयमा रहँदारहँदै बेहोस हुन सक्छ । यस्तो अवस्था निम्तिए ढोका मुनीको खाली भागबाट सजिलै निकालेर बचाउन सकिन्छ।