ईकोनोमिक खबर, काठमाण्डौं।
अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD)बिच गत असोज महिनामा भएको सम्झौता बमोजिम ६ बर्षको लागि संचालन हुने(Value Chains for Inclusive Transformation of Agriculture-VITA) कृषिको समावेशी रुपान्तरणका लागि मुल्यश्रृंखला परियोजना शभारम्भ भयो।
यस कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश, कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीबाट शुभारम्भ गर्नुभयो। कार्यक्रमका अध्यक्ष तथा कृषिविकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा, (IFAD) का आवासिय निर्देशक Roshan Cooke, बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तव, कृषिपुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्रका प्रमुख महेन्द्र नाथ पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रुपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरी श्रोत संकलन मार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पुर्याउदै आएको कृषि विकास बैंकलाई उक्तकार्यक्रम संचालनको लागि नेपाल सरकार मार्फत (IFAD) बाट आगामी ६ बर्ष भित्र लगानीगर्ने गरी करीब ८० मिलियन अमेरीकी डलर सहुलियत वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ । यस कार्यक्रम लुम्बिनी, बागमती र मधेश प्रदेशका २८ जिल्लाहरुमा १२ वटा बाली तथा पशु वस्तुको मूल्य श्रृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ।
कार्यक्रमको शुभारम्भ गर्दै कृषि सचिव अधिकारीले परियोजना कार्यान्वयनमा मन्त्रालयको भुमिका प्रष्ट पार्दै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । कृषि विकास बैंक किसानबाटै टाढा भएको होकी भन्ने भानभएको वर्तमान परिवेशमा यस परियोजनाको माध्यमबाट फेरी किसानका माझमा आफ्नो पहिचानलाई अझ प्रष्टपार्नेछ भन्ने विश्वास गर्दै परियोजनाको सफल कार्यान्वयनको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।
उक्त अवसरमा बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले VITA परियोजनाको संक्षिप्त जानकारी प्रस्तुत गर्दै यस कार्यक्रमले बजार मागमा आधारीत कृषि बस्तुको व्यावसायिकरण मार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा कृषिको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकासहुने अपेक्षा रहेको र प्रत्यक्ष रूपमा देशभरिका १ लाख २० हजार साना कृषक परिवारहरु विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धिगर्दै जीविकोपार्जनमा सुधार गर्नेछ भन्नुभयो । कार्यक्रमको तेश्रो पूर्वाधार संभाग कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशले संचालन गर्ने समेत जानकारी गराउनु भयो।
दात्तृ निकाय कृषि विकासको लागि अन्र्तराष्ट्रिय कोष (IFAD)का तर्फबाट आवासिय निर्देशक Roshan Cooke ले IFAD र नेपाल सरकारले विगत ४ दशक देखी सहकार्य गर्दै आएको र हालसम्म नेपालमा लागु भएका विभिन्न आयोजना मध्ये VITA सबैभन्दा ठूलो आयोजना रहेको र यसले नेपालमा कृषिको व्यावसायीकरणको लागी महत्वपुर्ण भुमिका खेल्ने विश्वास गर्नुभयो।
Invest Investment, Netherlandका प्रतिनिधि Robin Bousteadnले VITAसंगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं.१५ र १६मा निर्माण हुने सेमलार बहुउद्धेश्य एकिकृत कृषिथोक बजारको गुरुयोजनाको बारेमा संक्षीप्त जानकारी गराउनु भयो । त्यसैगरी IFAD का परामर्शदाता श्यामबहादुर खड्काले सहभागीहरुबाट आएका जिज्ञासालाई प्रष्टपार्दै परियोजनाको विषयमा थपजानकारी गराउनुभयोे।
कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रबद्र्धन केन्द्रका प्रमुख श्री महेन्द्र नाथ पौडेल बाटयस कार्यक्रमले कृषक र समग्र कृषिक्षेत्रमा आमुल परिवर्तन आउने बताउनुभयो र आयोजना सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
सहभागीहरुलाई स्वागत गर्दै बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तवले दात्तृनिकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण रकम सहीढंग बाट यस प्रदेशका कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मुल्यश्रृंखलामा आवद्ध गराई लगानी गरिने र यसबाट अधिकांश किसान लाभान्वितहुने जानकारी गराउनु भयो।
कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कार्यक्रमको समापन गर्दै VITA परियोजना अन्तर्गतको यो रकम बैंकले स्थापना कालकै उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी तथा आयात प्रतिस्थापन हुनेगरी मूल्यश्रृंखलाको अवधारणाबाट लगानी गरिने बताउनु भयो । साथै सो कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिईएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, IFAD लगायत सरोकारवाला सबै निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सो कार्यक्रममा विभिन्न सरकारी, गैह्सरकारी, अन्र्तराष्ट्रिय गैह्सरकारी निकाय, आयोजना, परियोजनाका प्रतिनीधिहरु कृषक तथा उद्यमीहरु तथा प्रदेश कार्यालयका कर्मचारीहरु, बैंक कर्मचारी संगठनका प्रतिनीधिहरुकोे उपस्थिती रहेको थियो ।