नर्भिकले ल्यायो नयाँवर्षमा अफर, हेल्थ प्याकेजमा १० प्रतिशत छुट


ईकोनोमिक खबर, काठमाडौं।
थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ ।
अस्पतालले अंग्रेजी नयाँवर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो ।
यस्तो छुट पाउनका लागि विभिन्न अनलाइन तथा अन्य मिडियाहरुमा प्रकाशित नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्ट सहित अस्पतालमा आउनुपर्नेछ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका सूचना मूलक सामाग्री विज्ञापनको रुपमा विभिन्न अनलाइन न्यूज पोर्टल तथा मिडियाहरुमा प्रकाशित हुने गरेका छन् । त्यसको स्क्रीनसर्ट सहित अस्पतालसँग सम्पर्क गरे आफूले लिन चाहेको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ ।
नर्भिकले विशेष अवसरहरुमा विगतदेखि नै यस्ता छुटको प्याकेजहरु ल्याउने गरेको छ । अस्पतालले सामाजिक उत्तरदायीत्वको रुपमा प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपिडी सेवा समेत संचालन गर्दै आएको छ ।
अस्पतालले मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा पुस महिनाभरि शुल्कमा २० प्रतिशत छुट दिनेछ ।