भेट्ने होइन त ?उपासनालाई, यी यी शहरमा भेट्न पाईनेछ …..


ईकोनोमिक खबर, काठमाण्डौं।
यतिबेला यूबा पुस्तामाॉझ निकै लोकप्रिय छिन अभिनेत्री उपासनासिंह ठकुरी । चलचित्र अभिनयसंगै बिभिन्न क्षेत्र र बिधाहरूमा भब्य उपस्थिति जनाउंन सफल उपासनालाई पुनः ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले थप एक बर्षका लागि ब्राण्ड एम्बेसडर रूपमा नियुक्त गरेपछी उपासनाको उचाई चुलिएको छ । चलचित्र बृत्तमा शालिन। सभ्य र मिजासिली अभिनेत्रीको रूपमा चिनिएकी उपासनालाई अब केही हप्ता उनका फ्यानहरूले बिभिन्न शहरहरूमा भेट्ने पाउंने भएका छन । उपासना र उनका प्रशंसकहरूबीचको भेटको चांजो पांजो भने ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले मिलाएको हो ।

आफू ब्राण्ड एम्बेस्डर भएको सस्थाले बिभिन्न शहरहरूमा आयोजना गर्न लागेको ऐजुकेशन फेयर मध्ये केही शहरहरूमा उपासनाले तुरून्तै सहभागिता जनाउंने छिन भने केही शहरहरूमा भने केही समयपछी सहभागिता जनाउंने जानकारी दिइएको छ ।

यसैबीच सस्थाले बिध्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । जानकारी दिए अनुसार पौष ७ मा काठमाण्डौ, पौष ९ पोखरा, पौष ११ इटहरी, पौष १२ दमक, पौष १३ बिर्तामोड, पौष २३ हेटौंडा,पौष २४चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।