टोखा नगरपालिकाको १६औं नगरसभा सम्पन्न


काठमाडौँ। टोखा नगरपालिकाको १६औं नगर सभा सम्पन्न भएको छ।

टोखा नगरपालिकाको सभाहलमा नगरप्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बिशेष अतिथिको रुपमा टोखा नगरपालिका उपप्रमुख  मुरारी तामांग, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.को उपस्थिती रहेको थियो ।

नगर प्रमुख अधिकारीले नगरपालिकालाई समृद्ध र नमूना बनाउन आफू लागिपरेको पनि बताउदै  स्वास्थ्य, शिक्षा, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी तथा सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

नगरबासीसंग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सीले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको बताएका थिए।

नगरपालिकाको चालु आर्थिक बर्षको लागि स्वीकृत वजेट मध्ये हालसम्म (पुस २६) मसान्तसम्म चालु तर्फ रु. १८ करोड ८७ लाख ६२ हजार अर्थात २५.५ प्रतिशत तथा पुंजीगत तर्फ रु ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड ९९ लाख ३६ हजार अर्थात १५.८८ प्रतिशत खर्च भएको छ।