ईकोनोमिक खबर, काठमाडौँ। आज मंगलबार सुनको मूल्य घटेको छ। सुन प्रतितोला सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु ९० हजार ७ सय, तेजाबी सुन प्रतितोला रु ९० हजार २ र चाँदी प्रतितोला रु १ हजार ३ सय ५मा कारोबार भएको थियो ।
साताको पहिलो दिन आइतबार भने गत शुक्रबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँ बढेर कारोबार भएको थियो ।