ईकोनोमिक खबर, काठमाण्डौं। आज असार १०मा महालक्ष्मी नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ।
दुई दिनसम्म चलेको नगर सभामा चार वटा बैठक बसेको थियो। नगर सभा बैठकबाट नगर प्रमुख रामेश्वर श्रेष्ठज्यूले पेस गर्नुभएको आ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रम र उपप्रमुख निर्मला थापाज्यूले पेस गर्नुभएको रू १ अर्ब ९४ करोड १ हजार १ सय १६ रुपैया २४ पैसाको वार्षिक बजेट सर्वसम्मतले पारित भएको छ ।
नगरसभाबाट आर्थिक विधेयक, २०७८ र विनियोजन विधेयक २०७८ लाई सर्वसम्मतिले स्वीकृत गरिएको छ।
सभाले गैरसरकारी संघ, संस्थाबाट पेस भएको आ.ब. २०७८/०७९ को कार्यक्रमलाई समेत नगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरी सभा सम्पन्न भयो ।
बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेशसभा सदस्य मा. माधवप्रसाद पौडेल नगरसभाको अतिथिमा सम्पन्न भयो। नगर सभाले महत्वपूर्ण निर्णय सहित, भव्यरुपमा सभा सम्पन्न भएकोमा सम्पूर्ण जनप्रतिनिधिसहित नगरबासीहरूमा बधाई ज्ञापनसहित मन्तव्य राख्नु भएको थियो । नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले सम्पूर्ण जनप्रतिनिधि एवम् सम्बद्ध सबैलाई धन्यवाद सहित सभाको समापन गर्नुभयो ।
आर्थिक बर्ष २०७८/७९को वार्षिक नीति तथा कार्यक्रम र बजेटका मुख्य(मुख्य विशेषताः
पूर्वाधार विकासमा प्राथमिकता, कुल विनियोजनको ७१।२९ प्रतिशत पुँजीगत खर्च ।
खानेपानी आयोजना निर्माण, मर्मत संभार र खानेपानीको गुणस्तर सुधारमा जोड ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण, खोपको सुनिश्चितताका लागि समन्वय ।
कोभिड १९ बाट अभिभावक गुमाएका १८ वर्ष मुनिका बालबालिकाका लागि प्रति व्यक्ति वार्षिक रू २५,००० शैक्षिक सहायता ।
मनमोहन मेमोरियल पार्क र बहुउद्देश्यीय भवन निर्माणलाई बहुवर्षीय योजना स्वीकृत ।
६ मीटर भन्दा चौडा सबै सडक कालोपत्रे गरिने ।
सबै वडा कार्यालय भवन निर्माण सम्पन्न गरिने ।
सार्वजनिक जग्गाको संरक्षण र संवद्र्धन गरिने ।
बाँझो जमिनमा खेती गर्न प्रोत्साहन ।
व्यावसायिक कृषिमा अनुदान ।
प्रत्येक महिना ७० वर्ष माथिका जेष्ठ नागरिकको घरघर मै स्वास्थ्य परीक्षणको व्यवस्था ।
सामाजिक सुरक्षा लाभग्राहीका लागि प्रत्येक चौमासिकमा कोभिड(१९ तथा अन्य स्वास्थ्य उपचार सहयोग स्वरुप नगद रू १००० प्रदान गरिने ।
नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहोर विसर्जन गर्ने कार्यलाई सामाजिक अपराधको रूपमा लिइने ।
सरसफाइमा टोलटोलबाट युवा परिचालन ।
विपन्न छात्राका लागि चेली शिक्षा टेवा खातामार्फत शैक्षिक टेवा कार्यक्रम ।
उद्यमशीलता विकासका लागि बिउ पुँजी, प्रविधि र बजारीकरणमा सहयोग ।
एकल तथा विपन्न महिलाहरूको लागि सिपमूलक तालिम, बिउ पुँजी, प्रविधि हस्तान्तरण र बजारीकरणमा सहयोग ।