ईकोनोमिक खबर, काठमाडौं।
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाउने भएको छ। अन्य ईन्धनहरु डिजेल, मट्टीतेल, हवाई ईन्धन र एलपिजिको मूल्य यथावत रहेको जनाएको छ।
यो मुल्य भदौ १६ गते मंगलबार राति १२ बजे देखि लागु हुने भएको छ। अब काठमाडौंको लागी नयाँ मुल्य १०७ रुपैयाँ पुगेको निगमले जनाएकोछ ।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा सेप्टेम्बर १, २०२०मा इंडियन आयल कर्पोरेशन बाट खरिद मुल्यमा आएको फेरबदल अनुसार मूल्य समायोजन गरीएको निगमका निर्देशक एवं प्रवक्ता विनितमणि उपाध्यायले बताए।
‘निगमले हरेक १५/१५ दिनमा ईन्धनको मूलयमा स्वचालित मुल्य समायोजन गर्ने हुनाले निगमले यसै नियमलाई अनुशरण गरेको उनले बताए। भारतिय क्षेत्रमा भन्दा नेपाली सिमाक्षेत्रमा पेट्रोल प्रतिलिटर रु ३२।२६ र डिजेल रु ३६।७५ सस्तो रहेको निगम द्धारा जारी विज्ञप्तिमा जनाईएको छ।