कोहली र अभिनेत्री अनुष्का शर्मा अभिभावक बन्ने पक्का


ईकोनोमिक खबर, एजेन्सी।

बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवति भएको शुभ संकेत सोसल मिडियामा सार्वजानिक गरेका छन। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा अभिभावक बन्ने पक्का भए।

कोहली र शर्माले बिहीबार आफ्नो ट्वीटर तथा ईन्स्ट्रागाम मार्फत तस्बिर सार्वजनिक गर्दै अभिभावक बन्न लागेको जानकारी दिएका हुन्। ट्वीटर तथा ईन्स्ट्रागाम मार्फत सार्वजनिक तस्बिरमा अनुष्का गर्भवती भएको देखिन्छन्।

कोहली र शर्मा दुबैले आफ्नो ट्वीटरमा लेखेका छन् र त्यसपछि हामी तीन जना हुनेछौं जनवरी २०२१ भित्रमा।

सोसलमिडियामा अत्याधिक बलिउड सिनेकर्मिहरुको शुभकामनाका कमेन्टहरु आएका छन।