ईकोनोमिक खबर, काठमाडौं।
हाम्रो समाजमा दलितहरुमा हुने विभेद विरुद्ध नेपालको नयाँ संविधानमा उल्लेख भएतापनि सामाजिक कुरीति अझ कायम छ, उनिहरुमा आर्थिक अभाव, विभेदले गर्दा जिवन साह्रै कष्टकर रुपमा चलिरहन्छ। यस बिचमा सघंर्ष, आफूमा केहि गर्नसक्ने अठोट लिने साहासी महिलाको रुपमा आईन झन्कि विक। आरम्भ चौतारी लघुवित्तको सानो सहयोग र उनको आँटमा सफलता तर्फ उन्मुख उनको जिवन र परिवारमा छाएको खुसिले समाजमा सबैको हाईहाई छिन।
झन्किको बालापनः
निम बहादुर विश्वकर्मा र आमा मनिको कोखबाट साँहिली छोरी वि.स. २०४६ भदौ १५मा हरले, मालनेटा ८मा झन्किको जन्म भएको थियो। उनका बाबुले गाँउघरमा सामान्य तामा र फलामको भाँडाकुडा बनाउने र त्यसबाट आएको थोरै रकममा घरको दैनिक खर्च चलाउने बाहेक अन्य बैकल्पिक आम्दानीको स्रोत थिएन । घरको आर्थिक अवस्था कमजोर भएकाले बाल्य अबस्थाबाट नै बिद्यालय जाने अवसर नपाउनु भएकि उनले बाल्यअबस्था गाँउघरकै मेलापात, वनजंगल दाउरा घाँस, बाख्रा, गाईबस्तु चराउने गरेर बिताउनु भयो। घरमै काममा सघाउने, मेलपात गर्ने, गाई बस्तु चराउने आदी काम गरेर हुर्किएको उँहाको बालापन संर्घष र अभावका बिचमा वित्यो।
विवाह र संघर्षका दिन
घरको आर्थिक अवस्था र चेतनाको कमीको कारण सानै उमेरमा स्यानीखाल गाविस निवासी चुडामणी विक सँग २०६१ सालमा भयो भागी विवाह। घरमा पनि ससुराको सानै उमेर हुँदै मृत्यु भएको तथा सासु आमा समेत घरको सम्पर्कमा नरहनु भएकाले घरको पनि आर्थिक अवस्था कमजोर थियो। उहाँको घरमा श्रीमान्, श्रीमती, दुई छोरी, एक छोरा गरि जम्मा ५ जनाको परिवार रहेको छ । एकातिर आर्थिक बिपन्नता अर्कोतिर अभिभावक बिहिन बेसाहारा जिवन चुनौतीका अग्ला पहाड देखिनु सिवाय सबै अन्धकारझै थियो । त्यो बेलाको दुःखको रामकहानी सम्झेर अहिल्यै पनि भाबुक हुन्छन बिक दम्पती । भनिन्छ आविष्कारको जननी अभाव भनेर झन्की बिकको जीबनमा समेत हुबहु मेल खान्छ । उँहाको जीबनको आर्थिक खडेरीले गाँउ छाडी नजिकैको श्रीनगर बजारमा आन्तरिक बसाँई सराई गर्न बाध्य बनायो । सोही सिलसिलामा शारदा नगरपालिका वडा नं १ शान्तिनगरमा बासोवास गर्न थाल्नुभयो।
चौतारी लघुवित्तसंग आबद्धता र सफलता
झन्कि दम्पतिको सम्पत्तिको नाममा शा न पा वडा नं १ मा डेढ आना जग्गा रहेको थियो । यस आरम्भ चौतारीको सदस्य बन्नु भन्दा अगाडी दैनिक ज्यालादारिमा काम गर्ने तर सो पनि दैनिक रुपमा नपाईने समस्या बिद्यमान् थियो भने अर्कोतिर घरमा उब्जनि समेत केही नहुने भएकोले दुई छाक खान समेत मुस्किल हुने गरेको थियो । छोरा छोरीलाई सरकारी बिद्यालयमा पढाउन समेत नसक्ने अवस्था बिचमा समेत गुज्रनु परेको थियो । छर छिमेकी, र साथी भाईहरुले समेत हेलागर्ने र सरसापट माग्दा काम केही आम्दानी छैन के गरेर हामीलाई सापटी रकम फिर्ता दिन्छस् भनेर सरसापट पनि नदिने आर्थिक, सामाजिक परिस्थितिबाट जीबन बाच्नुको बिकल्प थिएन । जव झन्की तत्कालिन चौतारी लघुवित्तको केन्द््रमा आबद्ध भई सस्ंथाबाट शुरुमा वंगुरपालन ब्यवसायका लागी ४० हजार कर्जा लिनु भयो। सोही कर्जाको सही सदुपयोग गरी आफ्नो ब्यवसायिक उद्देश्य अनुसार दुई वटा वँगुर खरिद गरी ब्यवसायिक यात्रा प्रारम्भ गर्नुभयो।
समय अनुसार मेहेनतगर्दै सुखदुखका साथ विस्तारै उहाँको वँगुर व्यावसाय फस्टाउदै वँगुरले वच्चा दिन थाल्यो र वँगुरको वच्चा र मासु बिक्रि गरी केही आम्दानी बढ्न थाल्यो । हाल बँगुरपालन व्यवसाय संचालन गरी आय आर्जनको बाटो राम्रो तयार गर्नु भएको छ । उनको बंगरु फार्मबाट उत्पादित पाठापाठी पश्चिम रुकुमको सदरमुकाम खलङ्गा देखि दाङको लमही, तुल्सीपुर र घोराही सम्म बिक्री हुन्छन् । मासु उत्पादनको प्रयोजनका लागी पाल्नु भएका बंगुरले सदरमुकाम खलङ्गा, थारमारे र श्रीनगर बजारको माग लाई नै आपूर्ती गर्नसकेको छैन।
आरम्भ चौतारी लघुवित्त संस्थाको कर्जाले उनलाई मात्र हैन उनको श्रीमान्लाई समेत पेशाकर्मि बनाएको छ। उनको श्रीमान्को लागी पनि नयाँ पेशाको लागी यस लघुवित्तबाट दोस्रो कर्जा प्राप्त गर्ने आधार तयार भयो । उनले प्रथम कर्जा चुक्ता गरी दोस्रो कर्जाको रुपमा रु ६० हजार रुपंैया लिएर एउटा रिक्सा खरिद गरी कवाडी व्यवसाय सन्चालन गरिरहनु भएको छ । उहाँको आर्थिक बृद्धिदर दिन प्रतिदिन सुधार उन्मुख हुदै गईरहेको छ । झन्कीले शुरु गरेको व्यवसायबाट सफलता पश्चात अहिले घरमा पौष्टिक खानापिन, राम्रो लुगाफाटा लगाउन पुग्नुको साथै छोराछोरीलाई राम्ररी शिक्षा दिक्षा समेत दिनु भएको छ । नियमित बचत गरी हाल बंगुर पालन ब्यवसायका बिस्तारका लागी जग्गा खरिद गर्ने योजनामा हुनुहुन्छ।
यस संस्थाबाट प्राप्त वित्तीय साक्षरता सम्बन्धी अभिमूखीकरण तथा सिपमूलक तालिमबाट बचत र खर्चको सन्तुलन मिलाउन समेत सिक्नु भएको छ। संस्थाबाट लिइएको ऋणको साँवा, ब्याज नियमित नियम अनुसार भुक्तानी गरी मनग्य बचत समेत गर्नु भएको छ । सँस्थाको सानो रकमको कर्जाबाट आफ्नो आर्थिक स्थिति सुध्रिएको र समाजमा पनि पहिले र अहिले आफुलाई गर्ने व्यवहारमा धेरै फरक रहेको कुरा जिवन सपना झै लाग्ने गर्छ भन्नुहुन्छ। आफु जस्तै कमजोर आर्थिकस्थिति भएका व्यक्तीहरुलाई यस आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सदस्य बन्न अनुरोध गर्नुहुन्छ। झन्कीको बंगुर पालन ब्यवसायमा लागी सफल कृषक मात्र बन्नु भएको छैन उँहा जस्तै समयचक्रको खेलबाट दुःखको परिबन्दमा परेका हजारौ आमा, दिदीबहिनीहरुको प्रेरणाको स्रोत पनि बन्नु भएको छ।