ईकोनोमिक खबर।
चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र भारतीय कामदारबाट कोरोना भाइरस (कोभिड–१९) भित्रिएको छ।
चितवन जिल्लामा रहेका २,२ ठूला सरकारी अस्पताल र मेडिकल कलेज छन, २ दर्जन जति निजी अस्पताल छन जसमा आउने बिरामी छिमेकी जिल्लाका साथै २ नं. प्रदेशबाट धेरै विरामी आउने गरेकाछन। र कृषि, उद्योग र निर्माण क्षेत्रका कामदारबाट अहिले जिल्लामा कोरोना सङ्क्रमण बढेको आँकलन गरिएको छ । बाहिरबाट आउने कामदारहरु परीक्षण नगरी आउने र यहाँ आएपछि पनि क्वारेन्टिनमा नबस्दा समस्या बढेको चिकित्सकहरु नै बताउँछन्।
अस्पतालहरुमा पर्याप्त सुरक्षा सावधानी अपनाउन नसक्दा पनि सङ्क्रमण बढेको पाइएको छ । जिल्लाको कोरोना उपचारको केन्द्र अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्टसहित सात जना चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । त्यस्तै रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसहित स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित जिल्लाका निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएको पाइएको छ ।