
ईकोनोमिक खबर, काठमाडौं।
नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँले वृद्धि गरेको छ। प्रतिलिटर १।५० रूपैयाँले डिजल र मट्टीतेलमा वृद्धि गरेको छ। अब पेट्रोल १०४ रुपैंयाँ पुगेको छ। र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैंयाँ पुगेको छ।
अन्य ईन्धनमा हवाई ईन्धन र खाना पकाउने ग्याँसमा मूल्य यथावत नै छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार केही बढेर आएकाले मूल्यमा समायोजन गर्दा पेट्रोलियम पदार्थको मूल्य केही वृद्धि गरिएको हो।
आयल निगमले हरेक १५ दिनमा इण्डियन आयल कर्पोरेशनको मुल्य अनुसार समायोजन गर्नुपर्ने हुनाले मुल्यमा केहि बढेको देखिन्छ। निगमले यसअघि भने जुलाई १६ मा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत बताए।