
ईकोनोमिक खबर, काठमाडौं। आज नेपालभरिमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८ हजार ६ सय पाँच जना पुगेको आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
थप १७८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै एक हजार ५८८ निको भएका छन् ।
रेड जोनमा ५०६ जना पुगेको छ । आज तीन जना रेड जोनमा परेका छन् । पछिल्लो २४ घण्टामा सात हजार ४१६ नमूनाको पीसीआर टेस्टमा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ८ जना महिला सङ्क्रमित
काठमाडौँमा थप एक महिला सङ्क्रमित भएका छन् । भक्तपुरमा सातजना महिलालाई पनि कोरोना भएको छ ।