ईकोनोमिक खबर, काठमाडौँ। नेपालमा आज ४२६ कोरोना संक्रमित भएका छन, योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितहरु झापाका १, मोरङका ३, सर्लाहीका ११, सप्तरीका ४, अछामका ८, बागलुङका १८, बैतडीका ६८, बझाङका ३, बाजुराका ८, धादिङका १, डढेलधुराका ९, मकवानपुरका २, म्याग्दीका १, तनहुँका १९, डोटीका १५, गोर्खाका ११, कैलालीका ४९, कास्कीका ८, काठमाडौँका ३, नवलपरासीका ४, सिन्धुपाल्चोकका २१ र पर्वतका ५ जना रहेका छन्।
यस्तै उदयपुरका २, सिन्धुलीका १, चितवनका १, मकवानपुरका ६, स्याङजाका ३, बागलुङका १४, अर्घाखाँचीका ६, गुल्मीका ३१, कपिलवस्तुका ४, रुपन्देहीका २ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमण अहिलेसम्म ७४ जिल्ला फैलिएको छ।
यस्तै पछिल्ला २४ घण्टामा २ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको जानकारी दिए।
डा। गौतमका अनुसार आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ।
शुक्रबारसम्म देशभरीका क्वारेन्टिनमा १ लाख ९ हजार ४ सय ६१ जना र ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
रेड जोनमा ५०३ जना पुगेको छ । आज काठमाडौंमा तीन सङ्क्रमित भेटिएका छन।
काठमाडौँमा थप दुई महिला र एक पुरूष पनि सङ्क्रमित भएका छन् ।