
ईकोनोमिक खबर, काठमाडौं।
कोभिड १९को संक्रमण भएका थप तीनजना बिरामी फेला परेको स्वास्थमन्त्रालयले बताएको छ ।
मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारी अनुसार तीनैजना पश्चिम नेपाल ६ नं प्रदेशका हुन्।
संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ।
यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।