
ईकोनोमिक खबर, काठमाडौं।
नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । ती संक्रमित बागलुङकी हुन् ।
१९वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी क्यूआर ६५२ फ्लाइबाट आएकी थिइन्। काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो विरामि रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।
हालसम्म ८७५ वटा टेस्ट भएको र ३२ वटा परीक्षणका क्रममा रहेको मन्त्रालयले जनाएको छ। टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ताले बताए।