ईकोनोमिक खबर, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपाल लगायतका विभिन्न मुलुकमा एकान्त बास चलिरहेको छ । विभिन्न देशमा आफ्नै देशको भौगोलिक अवस्था अनुसार लकडाउन गर्ने क्रम जारी छ तैपनि ईटलि र स्पेनमा यसलाई अपनाउदा पनि दैनिकरुपमा संक्रमित विरामिको संख्या बढ्दो छ। नेपालमा शङ्कास्पद बिरामीलाई राख्ने स्थान छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा राख्नु जरुरी छ।
नेपाली जनतामा सरकारी तवर बाट अपनाइरहेको एकान्त बास पनि सुरक्षाको एक प्रकार क्वारेन्टाइन हो तर कोरोना लाई रोक्ने पूर्ण अस्त्र भने होईन। भाईरसको अहिले सम्म औषधि बनिसकेको छैन तर विभिन्न अनुसन्धान बाट भ्याक्सिनको प्रयोग भईरहेको छ। उत्पादन भईहालेमा पनि नेपालको परिप्रेक्षमा यि औषधिको प्रयोगमा आउन २, ३ बर्ष लाग्ने देखिन्छ। यसका लागी रोग लाग्नु भन्दा लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हुन्छ।
मनोचिकित्सकका अनुसार कोराना कहरले भन्दा मानिसमा उत्पन्न हुने डर, त्रासले मानिसमा अरु विभिन्न रोगबाट मर्ने संख्या बढिहुनेछन। यसलाई न्युनिकरणमा विभिन्न कार्य गरेमा उपयुक्त हुने बताउछन।
चिकित्सकका अनुसार एकान्त बास रहँदा होस् वा चिकित्सकको निगरानी सहितको घरमा बस्दा होस् सकेसम्म आफूलाई सक्रिय राख्नुहोस्, भित्रै गर्न सकिने काम र खेल खेल्नुहोस् भन्ने सुझाव दिनुहुन्छ । करेसाबारीमा काम गर्ने, बालबालिकासँग खेल्ने, योग र शारीरिक अभ्यास गर्ने, पुस्तक पढ्ने गर्न सकिन्छ । कसैले नभोगेको कुरा भोग्नुपरेको छ, त्यसैका बारेमा गीत, कविता लेख्ने, आफ्ना अनुभव लेख्ने गर्न सकिन्छ भन्ने सुझाव उहाँ थप्नुहुन्छ । दीर्घरोगीले खाने औषधि नछुटाई निरन्तर लिनुपर्छ ।
‘कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड –२०७६’ मा कसरी बस्ने, व्यवहार गर्ने, खानपान र सुरक्षात्मक उपाय अपनाउने प्रस्ट उल्लेख छ । त्यस्तै त्यहाँ रहने व्यक्ति, खटनपटनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले गर्न हुने र नहुने दुवै थरिका कामको व्याख्या यस मापदण्डले गरेको छ ।
स्वस्थ र आफैँ घरमा रहेका बाहेक सङ्क्रमणको शङ्का गरिएका व्यक्तिले १४ देखि १७ दिनसम्म अनिवार्य क्वारेन्टाइनको कडा निगरानीमा रहनुपर्ने बाध्यकारी व्यवस्था छ ।
चिकित्सकबाट गरिने निगरानीको क्वारेन्टाइन सम्भव भएसम्म मानव बस्तीबाट टाढा बनाउनुपर्छ ।
खानेपानी, बिजुली, सडक, सञ्चारको सुविधा हुनुपर्छ ।
बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीका लागि छुट्टै व्यवस्था हुनुपर्छ ।
हावा वारपार हुने क्वारेन्टाइनको कोठामा प्रतिव्यक्ति ७५ वर्गफिट र एक व्यक्तिको पलङदेखि अर्कोको दूरी ३।५ फिट हुनैपर्छ ।
कोठामा सरसफाइका अत्यावश्यक सामग्री राख्नुपर्छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विद्युतीय निगरानी ९सीसीटीभी० को अनिवार्य व्यवस्था हुनुपर्छ ।
प्राप्त सुविधा आपसी समझदारीका आधारमा उपयोग गर्ने, उपलब्ध सामग्रीको हिफाजत गर्दै समुचित प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।
त्यस्तै अनुसार स्वास्थ्य सम्बन्धी गर्न नहुने कार्यमा खोक्दा, हाच्छ्युँ गर्दा अनिवार्य नाक, मुख छोप्ने, रुघाकोखीको लक्षण देखिए तत्काल चिकित्सकको परामर्श लिने।
विदेशबाट फर्किएका परिजनलाई जङ्गली वा घरपालुवा जनावर र पशुपक्षीबाट टाढा राख्ने, पशुजन्य पदार्थ मासु, अण्डा, दूध आदि राम्ररी पकाएर खाने गर्नुपर्छ ।
सुरक्षा सम्बन्धी कार्यमा सङ्क्रमित व्यक्तिलाई यथाशीघ्र अस्पतालको आइसोलेसनमा पठाउने, सुरक्षाका बस्नेले अनिवार्य व्यक्तिगत सुरक्षाका सामग्री लगाउने, हुलदङ्गा र जमघट हुन नदिने, क्वारेन्टाइनबाट व्यक्ति भाग्न नदिने, भाग्न लागेमा नियन्त्रणमा लिने गर्नुपर्छ ।
मापदण्डमा उल्लेख गर्न नहुने कामहरु
एकान्त बास र क्वारेन्टाइनमा बस्दा गर्न नहुने कामका बारेमा पनि मापदण्डमा उल्लेख छ ।
त्यस्तै आपसमा सम्मानजनक व्यवहार गर्ने।
सुर्तीजन्य नशालु पदार्थको सेवन नगर्ने।
अशिष्ट र अभद्र व्यवहार नगर्ने, नकारात्मक टीकाटिप्पणीभन्दा सकारात्मक सिर्जनामा जोड दिने गर्नुपर्नेछ ।