पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रति लिटरमा रु २ घटयो


ईकोनोमिक खबर, काठमाडौं।
नेपाल आयल निगमले मट्टीतेल, डिजेल र पेट्रोलको मूल्य समायोजना गरेको छ।
नियमित मूल्य समायोजन प्रक्रिया अन्र्तगत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। हरेक १५ दिनमा भारतिय आयल कर्पोरेशन बाट नयाँ मुल्य सुचि आउने हुनाले अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्यमा हुने उतारचढावको कारण नेपाली बजारमा स्वचालित रुपमा निगमले समायोजन गर्दै आएको थियो। एलपिजिमा माघ २० गते समायोजन गरी २५ रुपैया थप भएको थियो, अहिले एलपिजि र हवाई ईन्धनमा साविककै मुल्य रहेको निगमले जनाएको छ।

सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले मट्टीतेल, डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकाको लागी पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र मट्टीतेल, डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।