ईकोनोमिक खबर, नेपाली बजारमा मध्यमबर्गका हुवावेको स्मार्टफोन प्रचलित थिए, २०१९ मा पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू बिश्व बजारमा आएको छ। यहि साता आयोजना गरिएको एउटा भव्य समारोहका माझ ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट नेपाली बजारमा सार्वजनिक गरिएको हो।
हुवावे पी ३० सिरिजका मुल्य
कम्पनीले उक्त स्मार्टफोनहरु नेपाली बजारमा चैत्र २९ बाट बिक्री गर्ने जनाएको छ, जसमा हुवावे पी ३० प्रो को मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ, त्यस्तै पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्दछ । अग्रीम बुकिङ भने चैत्र २७ बुधबार सम्म गर्नसकिने नेपालका लागी आधिकारीक बिक्रेता कलमोबिलिटिले जनाएको छ।
हुवावे पी ३० सिरिजका शुन्य ब्याजदरमा बैंकिङ्ग सेवा
हुवावेको पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक, र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ।
हुवावेको पी ३० सिरिजका विशेषता
यस फोनमा फोटोग्राफी र डिजाइनमा हुवावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ। यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र हुवावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ। यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३० र ह्वावे पी ३० प्रो मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ।
डीएक्सओ मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको ह्वावे पी ३० प्रो मा नयाँ लाइका क्वाड क्यामरा प्रणाली रहेको छ साथै हुवावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ।
यसका प्रयोगकर्ताहरूलाई आफू वरपर सुन्दरता कैदगर्न सहज बनाई आगामी पुस्ताको स्मार्टफोनका लागि गति तयगर्ने निश्चित छ।
आरवाईवाईबी ह्वावे सुपरस्पेक्ट्रम सेन्सर परम्परागत आरजीजीबी बेयर फिल्टर भन्दा फरक छ। यसमा ग्रीन पिक्सलको स्थानमा पहेँलो पिक्सल रहेको ५ भने ह्वावे पी ३० प्रो ले आइएसओ रेटिङमा सबैभन्दा धेरै ४०,९६,०० र हुवावे पी ३० ले २०,४८,०० पाएको छ।
हुवावेको एआईएस, ओआइएस र ह्वावेको पी ३० प्रो को एफ÷१.६ ईन्चको वाइड एपरर्चरसहित सेन्सर प्रविधिमा आएको आधारभूत परिवर्तनले फोटोग्राफी र भिडियोग्राफीको असमान्य अनुभव प्रदान गर्दछ र एकदमै कम उज्यालो वा जस्तोसुकै प्रकाशमा पनि स्पष्ट र प्रष्ट रंग वा पृष्ठभूमि भएका तस्वीरहरू खिच्दछ।
नयाँ सुपरजुम लेन्सले पाँच गुणा अप्टिकल जुम, १० गुणा हाइब्रिड जुम र ५० गुणा डिजिटल जुम सपोर्ट गर्दछ।
ह्वावे टिओएफ क्यामराले एक्युरेट इमेज दिनका लागि डेप्थ अफ फिल्ड इन्फोरमेसन कैद गर्दछ। ह्वावेको एआईले पर्फेक्ट तस्वीर दिनका लागि सघाउँछ। एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामरा संचालन गरी एकै चोटि खिचिएका तस्वीरहरुलाई राम्रो बनाउँछ।
हुवावेका नयाँ प्रोडक्टहरुपनि सार्वजानिक
हुवावेले वाच जिटी एक्टिभ ईडिसन र एलगेन्ट ईडिसन, हुवावे फ्रिलेस वायसलेस इयसफोन,हुवावेको एक्स जेन्टलमोन्सटर आईवेयर पनि सार्वजनिक गरेको छ