ईकोनोमिक खबर, काठमाडौँ।
कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंको आयोजनामा फागुन २ गतेदेखि ७ गतेसम्म ६ दिनसम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ शुभारम्भ भएको छ ।
शुक्रबार राजधानीमा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बस्कोटाले रोबोट र ड्रोन बाट यस मेलाको उद्घाटन गर्नुभयो।
क्यान इन्फोटेक मुलुककै ठूलो सूचना प्रविधि सम्बन्धी प्रदर्शनी रहने छ, यस प्रदर्शनीमा रहेका १७४ स्टल छन्। यस पटकको क्यान इन्फोटेकको मुख्य आर्कषकरुपमा इन्नोभेशन एक्स्पोजर रहने छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रोडक्टहरु र आइडियाको प्रदर्शनी गर्ने छन् । मुख्य आकर्षण इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिष्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, क्वावोट, पुसवोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिपष्पर्धा पनि आयोजना गरिने क्यान आयोजकले बताएका छन।
गेमिङ पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियन्ससीप आयोजना गर्नेछ । क्यान महासंघका महासचिव नारायण थापाका अनुसार यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री समेत गर्नेछन् । त्यसैगरी आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहने छन् । फागुन ४ गतेलाई ‘बिजनेस डे’ तोकिएको छ।
क्यान इन्फोटेकको यो संस्करणको प्रवेश शुल्क १०० रुपैयाँ राखिएको छ। विधार्थीहरुले ५० प्रतिशत छुट पाउने छन् । सामुदायिक तथा सरकारी कलेजका विधार्थी, सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुले निःशुल्क प्रवेश पाउने छन् । अवलोकनकर्ताले प्रभु पे बाटै टिकट किन्न सक्नेछन् भने प्रदर्शनी स्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने आयोजकले जनाएका छन्।
प्रदर्शनीको टाइटल स्पोन्सर प्रभु पे रहेको छ। एशोसियट स्पोन्सरमा बल्र्डलिंक कम्युनिकेशन, प्लाटिनम स्पोन्सरमा एनसेल र डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन रहेको छ । त्यसैगरी स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिस्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् । जिनिस सोल्युशन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् । बे्रन डिजिट आईटी सोलुशन डिजिटल पार्टनर रहेको छ । यसैगरी क्रियटिभि पार्टनरमा आरआर श्री स्कूल अफ टेक्नोलोजी, गेमिङ पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार सँस्थामा प्रविधि पत्रकार मञ्च र अफिसियल ट्राभर पार्टनर बीएन होलिडेज रहेको आयोजकले बताएका छन ।
क्यान इन्फोटेक संघिय ढाँचा अनुसार उपत्यका बाहिर ८ प्रमुख केन्द्रमा यो वर्ष क्यान इन्फोटेक आयोजना गरिने जनाइएको छ । प्रदेश १ को इटहरीमा र प्रदेश २ को बिरगञ्जमा क्यान इन्फोटेक सम्पन्न भैसकेको छभने माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा र माघ २४ गतेदेखि २८ गतेसम्म बागमती प्रदेशको अग्रणि शहर चितवनमा सम्पन्न भयो । फागुन १ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा, २० देखि २४ गतेसम्म प्रदेश ५ को नेपालगञ्जमा, २८ गतेदेखि चैतको १ गतेसम्म प्रदेश ७ को धनगढीमा र चैत ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा क्यान इन्फोटेक आयोजना हुनेछ।