
ईकोनोमिक खबर, काठमाडौं।
प्रथम नाटक प्रदर्शनी ब्युटी इज द बेस्टको अपार सफलतापछि भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले माघ २५ गते शनिबारका दिन दोस्रो आर जी ड्रामा (द्दलम च्न् म्चबmब एचयमगअतष्यल) अन्तर्गत रहेको हारोल्ड ग्रेजद्वारा प्रदर्शित ‘आनी’ शीर्षक नाटक प्रदर्शन ग¥यो । यस नाटकको उद्देश्य बालबालिकाहरूलाई किताबी विषयवस्तुमा मात्र सिमित नराखेर बाहिरी परिवेशमा कसरी आफ्नो जीवन व्यतित गर्न सकिन्छ भन्ने सिकाउनु हो । यस नाटकमा कक्षा १ देखि ११ सम्मका विद्यार्थीहरू सम्मिलित थिए । यस नाटकमा आनी नामक एक टुहुरी केटीको जीवन भोगाइमा देखापरेका दुःखका क्षणहरू तथा धैर्य र साहसका कारण उसले आफ्नो जीवनलाई सार्थक तुल्याएको कथावस्तुमा आधारित छ । नाटकमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो । नाटक शिक्षिका अर्चना पन्थीको निर्देशनमा सम्पन्न भएको थियो भने यस नाटकमा सङ्गीत र नृत्य तर्फ सङ्गीत शिक्षकहरू रामहरि न्यौपाने, सुनिल श्रेष्ठ र किसन श्रेष्ठ तथा नृत्य शिक्षिका मनिषा भुजेलले साथ दिएका थिए । यस नाटक मञ्चन पश्चात विद्यालयका अध्यक्ष राजेश चौधरी, निर्देशक दिनेश भुषालले दिएको साथ र सहयोगको लागि धन्यवाद दिँदै विद्यालयका प्रिन्सिपल लियोन लु श्रेष्ठले आगामि दिनहरूमा पनि शैक्षिक क्रियाकलाप सहित यस्तै अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीहरूलाई सक्रिय रूपमा अघि बढाउँने र व्यवहारिक ज्ञान प्रदान गर्ने कुरा व्यक्त गरेका छन् ।