पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, ग्याँसको बढ्यो


ईकोनोमिक खबर, काठमाडौं।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटाएको छभने, एलपिजि ग्याँसको मूल्य प्रतिसिलिण्डर पच्चिस रुपैयाँ बढेको छ ।

यो मुल्य सोमबार राति १२ बजे बाट लागु भएको छ। अबनयाँ मुल्य खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर तेहरसयपचहत्तर रुपैयाँ पुगेको छ ।

काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ भने पेट्रोल ११० र डिजल र मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य घटेको र ग्यासको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्यासको मूल्य बढाएर तेलको मूल्य घटाइएको उल्लेख छ ।
निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमले हरेक १५ का दिन पेट्रोल र डिजल÷मट्टीतेलको मूलयमा ूवचालित मुल्य समायोजन गरेको हुनाले निगमले यसै नियमलाई अनुशरण गरेको बताए। २०२०, १ फेब्रुअरीमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजारमूल्य वमोजिम खरीद मूल्य केही घटेर आएको तथा एलपी ग्याँसमा औषत खरीद मूल्य पुनः बढेर आएको हुँदा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्य्विधि २०७१ अनुसार निगमले साविकको प्ट्रोल र डिजलरमट्टीतेलको खुद्रा विक्री मूल्य क्रमशः १११ र १०० रुपैयाँ प्रतिलिटरमा रु १ ले घटाई काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य ११० र १०० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ बनाइए पनि हवाई इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।