बैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त


ईकोनोमिक खबर, काठमाडौं।
बैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त भएका छन् । उनले सोमबार नै सरुवाको पत्र लिईसकेका छन् ।

डा. भिष्म कुमार भुषाल बैदेशिक रोजगार विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन।

हरेक क्षेत्रका बिकृतिमा कानुनी कारवाहि अघि बढाउने सहि कार्यगर्ने कर्मचारीको रुपमा लिन सकिन्छ, पछिल्लो कार्यमा नयाँ बसपार्कको लोत्से बहुउद्ेशियको महानगर बिचको चलखेल फाइल अघि बढाएपछि दाहाललाई निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले यातायात व्यवस्था विभागको महानिर्देशकबाट हटाएर राष्ट्रिय सूचना आयोग पठाएका थिए।

यातायात ब्यवस्था विभाग आउनु अघि प्रदेश नं. १मा मन्त्रालयको सचिवमा सरुवा भएका थिए। आपूर्ति मन्त्रालयको चर्चामा आएको बजार अनुगमनमा हरेक क्षेत्रका ब्यथितिमा राज्यको उपस्थितिको महशुस गराएका थिए। दाहालले आपूर्ति तथा अनुगमन ब्यवस्थापन बिभागको महानिर्देशक भएर काम गर्दा दरबारमार्ग क्षेत्र देखि अटोबजार सम्मका अनुगमन गरेर चर्चा बटुलेका थिए।

बिकृतिको अखडाका रुपमा रहेको वैदेशिक रोजगार विभागमा अन्य क्षेत्रमा सुधारको प्रयास गरेर चर्चा बटुलेका दाहाल सामु सुधारको गतिलाई अझै तिब्र बनाउने चुनौती छ। यसलाई कतिसम्म सुधार्ने हुन हेर्नभने बाँकी छ।