ईकोनोमिक खबर, विगतमा अनाधिकृतरुपमा विद्युतभार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विधुत प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताए।
हामीले गुणस्तर र विश्वसनीय विद्युत आपूर्तिका लागि निरन्तर काम गरिरहेका छौं । त्यसअनुरुप, अहिले दैनिक एउटा सबस्टेसन चार्ज गरिरहेका छौं। यस आ.ब.मा ५०÷६० ओटा नयाँ सबस्टेसन चार्ज गरी ३ हजार मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोड्दैछौं । अहिले प्राधिकरण अन्तर्गतका त्रिशूली ३ ए, कुलेखानी जलविद्युत आयोजना आउँदो असार भित्र सम्पन्न हुनेछन ।
लामो समयअघि निर्माण शुरु भएका आयोजनाहरु यस आ.ब. भित्र निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदैछन। प्राधिकरणले थप आयोजनाहरु पनि निर्माण शुरु गरिरहेको छ। जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत आयोजना जस्तै माथिल्लो अरुण, दूधकोसी, तामाकोशी पाँचौलगायतका आयोजना बनाउन लगानी व्यवस्थापन गरी काम अघि बढाउँदै छौं ।
विद्युत उत्पादन, नयाँ प्रसारण लाइन, वितरण लगायतका क्षेत्रमा हामीले अहोरात्र खटेर काम गरिरहेका छौं । सरकारले ४ वर्षभित्र सम्पूर्ण जनताको पहुँचमा विद्युत पुर्याउने लक्ष्यअनुसार प्राधिकरण लागिपरेको छ । विद्युत प्राधिकरणको हिजोको र अहिलेको अवस्था सबैले हेरिरहेको छौैं । यति गर्दागर्दै पनि केही जिम्मेवार व्यक्तिहरुले हिजोकै लोडसेडिङको अवस्था जगाउने गरी विभिन्न अभिव्यक्ति दिन थालेको पाइयो । प्राधिकरणले लोडसेडिङ अन्त्य गर्नुमा तपाई पत्रकार, सम्पूर्ण जनता र सरकारको ठूलो भूमिका छ । प्राधिकरणले हिजोको अवस्थाबाट अहिलेसम्म महत्त्वपूर्ण दुइटा काम गर्यो ।
हिजो १२ घण्टाको लोडसेडिङमा पिल्सिएका जनतालाई उज्यालो नेपाल दियौं । त्यस्तै दोस्रो, घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्यायौं । हिजो चरम लोडसेडिङ र घाटाको अवस्थामा रमाइरहने मान्छेहरु आज विद्युत प्राधिकरण नाफा गएको सुन्दा दुख मान्न सक्लान, जो मान्छे लोडसेडिङ सिर्जना गर्न सल्बलाइरहेका छन तिनीहरु नै योजनाबद्ध रुपमा म विरुद्ध गलत अभिव्यक्ति दिँदै आएका छन ।
उपभोक्तालाई सहजरुपमा विद्युत सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही कसैले राखेको भए त्यो पूरा हुन नदिने स्पष्ट पारे ।
प्राधिकरणका हरेक काम कारवाही स्पष्ट र पारदर्र्शी रहेको उल्लेख गर्दै उनले पछिल्लो दुई वर्षदेखि संस्था नाफामा गएको, मुलुकभर विद्युत सेवा पुगेका स्थानमा विद्युतभार कटौतीको अन्त्य भएको विषयलाई नजरअन्दाज गर्न नहुने बताए ।
प्राधिकरणको नेतृत्वको हिसाबले आफूले नियमानुसार पाउने भत्ता तथा अन्य सुविधा मात्रै लिएको भन्दै कार्यकारी निर्देशक घिसिङले तथ्य नै नबुझी गलत प्रचार गर्नेप्रति रोष प्रकट गरे ।
प्राधिकरणलाई सबल, सक्षम बनाउने लक्ष्यका साथ आफू प्रयासरत रहेकाले उहाँले नियमितरुपमा सबल र विश्वसनीय विद्युत सेवा उपलब्ध गराउने प्रतिबद्धताबाट विचलित नहुने घिसिङले बताए ।
प्राधिकरणमा कार्यरत कर्मचारीको साझा ट्रेड युनियनको निर्वाचन गराउन प्राधिकरणको व्यवस्थापन प्रयासरत रहेको भन्दै सञ्चालक समितिको बैठकमा आमन्त्रित रहेका व्यक्तिले प्राधिकरणको मर्यादामा आँच पुग्ने गरी प्रचार गर्दै हिँडेकोमा समेत उनले आपत्ति जनाए ।
“ नेपाल विधुत प्राधिकरण प्रणालीमा चल्छ, विगतमा जस्तो कमाइ खाने भाँडो बनाउन दिइँदैन, यो नेपाली जनताको सम्पत्ति हो, यसको आफ्नै पदसोपान रहेको छ, त्यसविरुद्ध जाने जो कोहीलाई पनि कारवाही हुन्छ, आधिकारिक टे«ड युनियनका नाममा गलत गर्दै हिँड्ने माथि स्पष्टीकरण सोधिएको छ, त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइन्छ”, कार्यकारी निर्देशक घिसिङले भने ।