प्रधानमन्त्री आजको स्वास्थ्य परीक्षण मनमोहन कार्डियो सेन्टरमा


ईकोनोमिक खबर, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीको आज स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री ओलीको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको हो।

पछिल्लो समय मिर्गौलाले काम गर्न नसकेपछि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीको आज डायलाइसिस गर्नुपर्नेछ तर यसअघि धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा पनि पानी जमेको देखिएपछि उहाँलाई आज मनमोहन कार्डियो सेन्टरमा लगिएको हा ।

उहाँको उपचारमा संलग्न एक चिकित्सकका अनुसार फोक्सोमा जमेको पानी झिक्न मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो । तर त्यहाँ ओलीको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उहाँलाई बालुवाटारमा नै फर्काइएको छ।