
ईकोनोमिक खबर, काठमाडौं।
८ बैदेशिक निकाय र आयोजना प्रबद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच समझदारी सम्पन्न भयो। २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ मा जलविद्युत निमार्णका लगानीका लागि स्थापना गरिएको कम्पनीमार्फत ती लगानीकर्ता नेपाल भित्रन लागेका हुन। जसमा करिब ४५ करोड ३० लाख अमेरिकी डलर अर्थात् लगभग ५१ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी हुनेछ। आयोजना निर्माणका लागि जम्मा जम्मी ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरीएकोछ ।
उक्त आयोजनामा करिया साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डायलिम इन्डस्ट्रियल कम्पनी लिमिटेडको १६ प्रतिशत, केरयोङ कन्स्ट्रक्सन इन्डस्ट्रियल कम्पनी लिमिटेडको १० प्रतिशत, आईएफसीको १२ प्रतिशत र स्थानीयको १० प्रतिशत शेयर रहने गरी आयोजनाको प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कर्पोरेशन प्रा.लि. स्थापना गरिएको हो ।
सरकारले निर्माण अवधि सहित ३५ वर्षका लागि उक्त कम्पनीलाई निर्माण, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा आयोजना जिम्मा दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितीमा सम्झौता सम्पन्न भयो। यस आयोजना वि.स. २०२४ सम्ममा आयोजनाले व्यावसायिक उत्पादन थालिसक्नुपर्नेछ।