ईकोनोमिक खबर, काठमाडौं।
कोका–कोलाले आफ्नो “मन खोलौं कोक सँग” दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ। आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि “माई मम मेक्स माई दशैं स्पेशल” रहेको छ। ग्राउण्ड एटिभेसनमा उपभोक्ताहरुले ५०० एमएलको कोक बोटलको लेबलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्नो आमालाई दिन सक्नेछन्।
यो एटिभेसन १६ अक्टोवरबाट शुरु भएर सेल्सबेरी, भाटभटिनी सुपरमार्केट, सेल्सवे र बिगमार्टको विभिन्न स्थानहरुमा ३ नोभेम्बरसम्म जारी रहनेछ ।
सीतापाइलास्थित सेल्सबेरीमा अक्टुबर १६ तारिखमा एक्टिभेसन हुनेछ भने दोस्रो दिन अर्थात अक्टोवर १७ तारिखमा नक्साल भाटभटिनी, पाटन भाटभटिनी, भक्तपुर भाटभटिनी, कलंकी भाटभटिनी लगायतका स्थानमा क्रमश एक्टिभेसन जारी रहनेछ ।
प्रसिद्ध नेपाली अभिनेत्रीहरु पनि एक्टिभेसनमा सहभागी जनाउदै विभिन्न स्थानमा भ्रमण गर्नेछन् । उपभोक्ताहरुले अभिनेत्रीहरुसँग कुराकानी गर्न तथा फोटो खिच्न सक्नेछन् । उपभोक्ताहरुले यो स्मरणीय पललाई सामाजिक सञ्जालमा #AamaBina K Ramailo ह्याट्याग प्रयोग गरेर शेयर गर्नपनि सक्नेछन् ।
यो सम्बन्धी सम्पूर्ण अप्डेट र जानकारीका लागि कृपया कोका–कोला नेपालको फेसबुक र इस्टाग्राम पेज @CocaColaNepal फलो गर्नुहोला।