
ईकोनोमिक खबर, काठमाडौं।
लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ४२ अंकले बढेर ११ सय ३५ दशमलव ५६ विन्दुमा पुगेको छ।
क बर्गका कारोवार मापन गर्ने सेन्सेटीभ इन्डेक्स ० दशमलव ६८ विन्दुले बढेर २ सय ४७ दशमलव ०२ विन्दुमा पुगेको छ। नेप्से बढेपनि कारोवार रकममा भने खासै वृद्धि हुनसकेन। दिनभर १ सय ५७ कम्पनीको १६ करोड ८८ लाख, २८ हजारको कारोवार भएको छ। ६ लाख ३३ हजार ९ सय ५१ कित्ता शेयर खरिदबिक्रि भएकाछन्।
कारोवारमा सुचिकृत ११ उपसमूहमध्ये अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ। सबैभन्दा धेरै जिवन विमा ७१, निर्जीवन विमा ६६ अंकले बृद्धि भई नेप्सेमा हरियो भएको छ। कारोवार रकमका आधारमा अगाडी रहेको सनराइज बैंकको २ हरोड १३ लाख ६० हजारको कारोवार भएको छ।