ईकोनोमिक खबर, काठमाडौं।
नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नोरेग ईण्डियाको संयुक्त आयोजनामा जनवरी १७ देखि १९ गते सम्म भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० हुने भएको छ। एक्स्पोको जानकारी र एमओयू हस्ताक्षर कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा नेपाल बिल्डटेक एक्स्पो २०२० संयोजक निकोलस पाण्डे र इन्नोरेग इण्डिया प्रतिनिधि सिईओले कार्यक्रमको बारेमा जानकारी दिए।
एक्स्पोको साथै नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभा पनि रहेकोले यसमेलाले देशभरीका निर्माण व्यवसायीमा नविन प्रविधिका उपकरण र ज्ञान हासील हुने यस मेलाको प्रमुख उद्देश्य रहेको महासंघका अध्यक्ष रविसिंहले जानकारी गराए । यस एक्स्पो ३ दिन सम्म संचालन हुनेछ। पहिलो पटक नेपाल हुन लागेको यस अन्तराष्ट्रिय स्तरको एक्स्पोले निर्माण क्षेत्रका ब्यवसायीलाई विश्व बजारमा आएका उपकरणबारेमा अवगत गराउन उपयुक्त हुने महासंघको विश्वास रहेको छ।
एक्स्पोमा विशेषत अन्तराष्ट्रिय निर्माण उपकरण, ईन्टेरियर डिजाईनका सामग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधि सँग सम्बन्धित १६० भन्दा बढि प्रदर्शनी कक्ष रहने इन्नोरेग ईण्डियाका महेश ठाकुरले जानकारी गराए।
यस एक्स्पो सहयोगी साझेदारमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल हेभिईक्पिमेन्ट व्यवसायी महासंघ, वाइसिएनसी, सोना, स्क्याफ नेपाल, भारतको राजकोट हार्डवेयर म्यानुफ्याक्चर एसोसिएसन रहेका छन।