ईकोनोमिक खबर, काठमाडौं।
नेपालको विभिन्न कालखण्डका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधानसभा मार्फत ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिन हो, असोज ३ गते ।
“संविधानसभा भन्दा कोही पनि बाहिर थिएनन्, पञ्चायती व्यवस्था भित्र काम गरेका, पञ्चायती निरङ्कुशता विरुद्ध लडेका शक्ति देखि सशस्त्र आन्दोलनमा विश्वास गर्ने शक्तिसम्म संविधान सभामा थिए । महिला, दलित, जनजाति, मुस्लिम समुदाय सहित विविध कोणबाट सबै हिसाबले संविधान सभा समावेशी थियो । ” देशभित्रका मात्र होइन, नेपाल बाहिरका २१ लाख नेपालीले पनि सुझाव दिएका थिए । संविधान सभाले बनाएको संविधान नेपालमा भएका आन्दोलन र सशस्त्र क्रान्ति सबैको परिणाम अहिलेको संविधान हो।
संविधानका मूल विशेषतामा आवधिक निर्वाचन, लोकतान्त्रिक मूल्य र मान्यता, कानुनको शासन, कानुनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र समाजवाद रहेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख यति समयभित्र बनाउनुपर्छ भन्ने बाध्यकारी व्यवस्था संविधानमै गरिएको छ ।
वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले नेपाली जनता समक्ष संविधान घोषणा गर्नुभएको थियो ।
“राष्ट्रपतिले संविधान जारी भएको जानकारी गराउना साथ संविधान सभाका सदस्यहरूले गडगडाहट तालीका साथ त्यसको स्वागत गर्नुभयो । यसअघिको संविधान सभाबाट गणतन्त्रको घोषणा हुँदा जसरी लामो ताली बजेको थियो, त्यसैगरी दोस्रो संविधान सभाबाट संविधान जारी हुँदा यस्तो हर्षबढाइँ भएको हो । ’’ पूर्वराष्ट्रपति डा. रामवरण यादव।