ईकोनोमिक खबर, काठमाडौं। जलवायु परिवर्तनको असरमा बर्षाका अवधिमा पनि प्रभाव परेको विज्ञहरुको भनाई छ।
नेपाल लगायत एसियाका केहि देशमा यसले गर्दा समग्ररुपमा कृषि बालि तथा उत्पादनमा पनि असर पर्ने संभावना देखिन्छ। पहाडी तथा हिमालीक्षेत्रमा बाढि पहिरो जाने हुनाले उच्च सर्तकता अपनाउनु पर्ने देखिन्छ।
विश्वतापमान बार्षिक ०.५ प्रतिशत वृद्धिले अहिले मौसम बदलीसँगै देशका अधिकांश स्थानहरुमा अहिले भारीबर्षा भईरहेको छ, साना खोला नाला र नदिमा पानीको वृद्धिले गर्दा पहाडी क्षेत्रमा पहिरो र तल्लो तराई तथा भित्रि तराईमा बाढिको संभावना रहेको विज्ञको भनाई छ।
विश्व तापमानको एक अध्ययनका अनुसार, सन १९९१ देखि २०११ सम्मको औसत भन्दा माथि विश्वको धेरै जसो आइसल्याण्ड, नर्वे र स्वीडेन बाहेक सम्पूर्ण युरोपमा औसत भन्दा माथि तापमान रहेको देखिएको छ। उत्तरी अमेरिका, ग्रिनल्याण्ड, अफ्रिका (विशेष गरी उत्तरर् पश्चिममा), एशिया, र दक्षिण अमेरिका र पूर्वी अन्टार्कटिकाको अधिकांश भागमा पनि औसतभन्दा माथि नै देखिन्छ।
अन्टार्कटिका वरपरका केही समुद्रहरूमा र आर्कटिकको युरोपेली क्षेत्रमा, र उत्तर प्रशान्तको धेरै भागमा, एट्लान्टिक क्षेत्रहरुमा हिउ पग्लिने र पहिलाको भन्दा हिउको मात्रा कमरहेका अध्ययनले देखाउछ।
दक्षिण-पश्चिम हिन्द महासागरमा पूर्वी भूमध्यरेखीय प्रशान्तमा औसतभन्दा धेरै माथि तापमान बढेको छ, यसले गर्दा बाताबरण परिवर्तनका घटनाको अवधिमा प्रारम्भिक रोग तथा संक्रमण बढि थियो।
विशेष गरी दक्षिण- पूर्वी प्रशान्त महासागरको भागमा अष्ट्रेलिया, अन्टार्कटिका, उत्तरपश्चिम भारत, र पश्चिमी उत्तर अमेरिकाका केही भागहरू सहित धेरै अपेक्षाकृत साना क्षेत्रहरूमा औसतभन्दा बढि तापमान रहेको अध्ययनले देखाउछ ।
नेपाल लगायत एशियाका देशमा मनसुनी बर्षाले अहिले सुदुरपश्चिमका केहि भेग बाहेक देशका अधिकांश भेगमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको मध्य तथा पुर्वि भेगका सबै ठाउँहरुमा पानी परिरहेको महाशाखाका मौसमविद नगरकोटीले जानकारी दिनुभयो।
पहाडी भेगका क्षेत्रमा अत्याधिक बर्षाले गर्दा विभिन्न साना तथा ठूला नदीहरुमा पानीको बहाव बढन गई सतर्कता तह पार गर्नसक्ने भएकोले उच्च सतर्कता अपनाउन सरकारले चेतावनी दिइएको छ ।