ईकोनोमिक खबर, काठमाडौं।
नेपालको आत्मनिर्भर तर्फ अग्रसर समग्र पोल्ट्रि व्यवसायमा सरकारको साथ सहयोग नहुने हो भने समग्र व्यवसायी नै विस्थापित हुने अवस्थामा रहेको छ। पशु सेवा विभागमा नेपाल अण्डा उत्पादक संघले आयोजना गरेको कार्यक्रममा किसान, संघका प्रतिनिधिले आफ्ना धारणा राखे। विगतका वर्षहरुमा जति नै कुखुराको फुल (अण्डा)को मूल्य तर बर्षेनि त्यसले खाने दानामा बृद्धिका कारण खर्च धान्न नसक्ने स्थितिपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको कुरा संघका अध्यक्ष शिवराम के.सि.ले बताएका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छनभने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषक सामु देखापरेको छ यसलाई चाँडै नै सरकारले सम्बोधन गर्नुपर्ने देखिन्छ, भनि समग्र समस्या बताए।
अण्डाको बजारीकरण तथा लागत मुल्यको अवस्था सम्बन्धि छलफल कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. बंशि शर्मा, राष्ट्रिय पशुपन्छि स्रोत ब्यवस्थापन तथा प्रबद्र्धन कार्यालयका प्रमुख रुद्र पौडेल, नेपाल किसान आयोगका विज्ञ तथा सदस्य उदय चन्द्र ठाकुर लगायतले समग्र पोल्ट्रि ब्यवसायमा भएका समस्या र यसमा निराकरणका लागी सहसचिवको अध्यक्षतामा एक कार्यदल गठन गरी विभागमा सत्य तथ्य रिर्पोट पेश गर्ने विषयमा कार्यक्रमको उपलब्धी रहयो।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । विगतका बर्षमा जत्तिकै रेटमा सङ्घले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रु २७० तोकेको थियो । तर, हाल कृषकको फार्मबाट रु २२५ हाराहारीमा बिक्री भएको छ । बजारमा खपत बढ्न नसक्नु र उत्पादन बढी नै भएकाले कृषकले मूल्य नपाएको केसीको भनाई थियो । दानाको मूल्य र मजदुरको पारिश्रमिक बढेको तर अण्डाको मूल्य नबढेपछि कृषक मर्कामा परेका हुन् । दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको बताए ।
अण्डाको मूल्य प्रतिगोटा रु १० खुद्रामुल्यसम्म झरेको भन्दै उनले त्यतिबेलादेखि निरन्तर रुपमा कृषकले नोक्सान बेहोर्दै आएको बताए । देशमा आत्मनिर्भर बनेको यस पेशाबाट कृषक विस्थापित हुनबाट रोक्न सरकारलाई गुहार्नु परको उनले बताए । प्रधानमन्त्री, कृषिमन्त्री, अर्थमन्त्री, सांसदलगायत सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराउने र अव विभागबाट पनि साथ सहयोग नभएमा सङ्घले किसान आन्दोलनका कार्यक्रम अघि बढाउने योजना रहेको उनले बताए।