ईकोनोमिक खबर, काठमाडौं।
‘ पाकिस्तान र नेपाल मैत्री व्यापार मेला २०१९’ सोमबारदेखि राजधानीमा शुरु भएको छ। पकिस्तानमा उत्पादित विविध बस्तु तथा सामग्रीको प्रबद्र्धनका लागी यस मेला आयोजना गरीएको हो।
राजधानीको त्रिपुरेश्वर स्थित United World Trade Center (DECC Nepal)मा भदौ ३० गतेदेखि असोज ५ सम्म मेला संचालन हुने कार्यक्रम ब्यवस्थापन इन्ट्रोडक्सन ट्रेड शो नेपालका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी गराए। यसमेलालाई काठमाडौं स्थित पाकिस्तानी दुतावासको सहकार्यमा प्रदर्शनी हुदै आएको छ।
इभेन्ट म्यानेजमेन्टको रुपमा इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिको ब्यवस्थापन, ललितपुर उद्योग बाणिज्य संघको प्रबद्र्धन, पाकिस्तानी दुतावासको सहकार्य, युटिसि, ईभेन्ट क्यारीयर को सहयोग र डिईसिसि नेपालको प्रदर्शनीस्थल सहयोगमा यस मेला संचालन रहेको छ ।
ललितपुर उद्योग बाणिज्य संघको प्रबद्र्धनात्मक मेलामा पाकिस्तानबाट ६० भन्दा बढि बस्तुका स्टल रहनेछ। नेपाल लगायत सार्क राष्टहरुमध्ये भारत, बंगलादेशको पनि स्टल रहने आयोजकले बताएका छन्। विभिन्न अन्तर्राष्ट्रिय सामानका उपलब्धता तथा बजारीकरणमा यसलाई मेला अगाडि बढाइएको संघका अध्यक्षले बताएका छन।
१ हप्ता सम्म चल्ने मेलामा पाकिस्तानका ६० भन्दा बढि प्रतिष्ठित व्यापारी स्टल रहने छन। यो मेला पाकिस्तानको उत्कृष्ट अन्तर्राष्ट्रिय व्यापार मध्ये छालाबाट बनेका बस्तु, हस्तकलाका सामग्री, फर्निचर, लत्ताकपडा, जुत्ताचप्पल लगायतका सामग्रीहरु स्टलमा पाईने छन। यो मेलामा अन्तर्राष्ट्रिय ब्रान्ड १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता रहेको छभने ५०,००० भन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।
यस मेलालाई पाकिस्तानी राजदुतले समुद्घाटन गर्नुभयो। राजदुतले भन्नुभयो यस्ता मेलाले दुबै मुलुकका व्यवसाय तथा ब्यापार आदानप्रदानमा सहयोग पुग्नेछ, उद्योगहरुको बजारीकरणमा सहयोग हुनेछ, ब्यवसायीहरुमा सहकार्यको भूमिका हुनेछ। नेपाल र पाकिस्तान विचको ६ दशकको सम्बन्धलाई बलियो बनाउन मेला उपलब्धीमुलक हुनेछ।
मेलाले आर्थिक गतिविधिलाई बढावा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढन पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको आयोजक ईन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले बताउनुभयो।