May 10, 2025

काम गर्ने गराउनेको साझा थलो श्रीयोग डटकम


ईकोनोमिक खबर, काठमाडौं।
श्रीयोग डटकमले डिजिटल प्लेटफर्मको माध्यम बाट पार्टटाइम गर्न तथा काम गर्ने प्रोफेशनल ब्यक्तीहरु पाउने नेपालकै ठुलो संजाल हो । मानिसको दैनिकीलाई सहज बनाउन यस श्रीयोग डटकमले वेबसाईट, मोबाईल एप्स, एस एम एस र कल सेन्टरको माध्यम बाट जोड्ने काम गर्दछ।
बेरेजगारी, फुर्सदको समयलाई अवसरमा परिणत गर्न यस श्रीयोगडटकमले जिओलोकेशन सिस्टममा आधारित भई १८ समूह अनि त्यसै समुह भित्र पर्ने १५० भन्दा बढी उप समूहहरुमा सम्बन्धित पेशामा विज्ञहरुको सम्पूर्ण प्रोफाईल र नजिकको लोकेशन देखाउछ, काम गर्ने र काम गराउने ब्यक्तिलाई भेट गराउने अवसर प्रदान गर्दछ ।
काम र कामदार भनौ वा काम खोजी दिने मान्छे र काम गरिदिने मानिसको बिचमा कनेक्टिभिटीको माध्यम बन्दैछ, देशमा रहेको बिद्यमान बेरोजगारीको विकराल समस्यालाई केहि हद सम्म समाधान गर्ने जमर्कोका साथ सन २०१६ मा यस वेबसाईट शरुवात भएको थियो। ३ बर्षको अथक प्रयास पछि सम्पूर्ण फिचरमा यस वेबसाइट, मोबाइल एप्स सिस्टम १२ सेप्टेम्बर २०१९ मा शुभारम्भ भएको छ। प्रबन्ध निर्देशक प्रकाश उप्रेतीले यस श्रीयोग डटकमको उद्देश्य, फाईदाको विषयमा बताउनु भयो।
समयको सदुपयोग, पैसा पनि कमाईका साथै देशको बेरोजगारी समस्यालाई कम गर्न सानो सामाजिक पहलको रुपमा श्रीयोग डटकमलाई लिनसकिन्छ।