पाइपलाइनबाट तेल आयातका लागि तयार


ईकोनोमिक खबर, काठमाडौं।
मोतिहारी-अमलेखगन्ज पाइपलाइनको निर्माण कार्य सम्पन्न भएको छ, अब दुवै मुलुकका प्रधानमन्त्रीबाट मंगलबार उद्घघाटन हुने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट र नेपालका प्रधानमन्त्री ओलीले स्विच थिचेर उद्घाटन गर्ने तयारी छ ।

‘प्रधानमन्त्री ओलीले बालुवाटारबाट र मोदीले हैदराबादबाट स्विच थिचेर उद्घाटन गर्नेछन ।’ मंगलबार अमलेखगन्जमा पेट्रोलियम पाइपलाइनबाट आएको डिजेल विधिवतरुपमा ब्यवसायीक ढुवानीको रुपमा शरुवात गरीनेछ। अमलेखगन्ज डिपो प्रमुख प्रदीपकुमार यादवले पाइप लाइनबाट ढुवानीबाट शतप्रतिशत सुरक्षित, बार्षिक २ अर्वको बचत हुने उनले बताए ।

मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लम्बाई रहेको छ। यसमध्ये नेपालपट्टि ३७.२५ किलोमिटर र भारतपट्टि ३२.६५ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । यस पाइपलाइनबाट अहिले डिजेलमात्र आपूर्ति हुनेछ ।

नेपाल आयल निगम लिमिटेड र भारतीय आयल निगम कर्पोरेशनबीच अन्तरदेशिय पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएपनि २०७२ भदौमा पुनः अघि बढेको थियो ।

पुस ०७४ बाट आइओसीले मोतिहारी डिपोबाट निर्माण सुरु गरेको थियो । त्यतिवेला नेपालपट्टि पनि निर्माण गराउन आइओसीले शरु गरेको थियो । निर्माण शुरु भएको तीन महिनापछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएका वेला समकक्षी नरेन्द्र मोदीसँग मिलेर शिलान्यास गरेका थिए । १८ महिनामा (असार, ०७६) मा पाइपलाइन बाट तेल आयातका लागि तयार भएको छ ।