ईकोनोमिक खबर, काठमाडौं।
युएनडिपी नेपालको सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन), राष्ट्रिय युवा परिषद र युनुस सोसियल बिजनेस सेन्टर, किङ्स कलेजको आयोजनामा दुई दिने तेस्रो युथ को–ल्याब र चौथो राष्ट्रिय समाजिक उद्यमशिलता प्रतियोगिता आज देखि काठमाण्डौमा शुरु भएको छ।
प्रमुख अतिथि मानानीय श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टबाट यस कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
यस कार्यक्रमको अध्यक्षता आयोनका अध्यक्ष जगदिश ऐरले गर्नु भएको थियो, समारोहमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष श्री माधव ढुंगेल, युएनडिपी नेपालका निमित्त निवासीे प्रतिनिधि बर्नार्डो कोको, बियोन्ड बेइजिङ कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठको उपस्थिति रहेको थियो।
समारोहमा माननिय मन्त्री बिष्टले नेपाल जस्तो बिकासोन्मुख राष्ट्रमा युवाहरुको व्यवसायिक कृयाशिलता बिना देश बिकास सम्भव नभएको हुँदा युवालाई व्यवसाय गर्न सहज बातावरण बनाउन सरकार प्रतिबद्ध रहेको प्रष्ट्याउनु भयो।
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले बाध्यताका कारणले विदेश जाने युवालाई देशमै बातावरण सिर्जना सरकार प्रतिबद्ध रहेको र यसको लागि युवा परिषद सधैं कृयाशिल रहेको जानकारी गराउनु भयो।
उद्यमशिलतालाई लैंगिक मैत्री बनाउनु पर्ने आजको आवश्यकता रहेको कुरा प्रष्ट पार्दै बियोन्ड बेइजिङ कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले यस्तो खालको कार्यक्रम स्वागत योग्य रहेको बताउनु भयो।
त्यस्तै गरी युएनडिपिका निमित्त निवासी प्रतिनिधि बर्नार्डो कोकोले यस्तो खालको कार्यक्रमले उद्यमी युवालाई एकै ठाउँमा जम्मा गरी नविन सोच, चुनौती र समाधानका बाटाहरु पहिल्याउन सक्ने र युएनडिपी सदैब युवाका मुद्दा सम्बोधन गर्न तत्पर रहेको औल्याउनु भयो।
आयोनका अध्यक्ष जगदिश ऐरले नेपालमा युवाहरुका नविन सोचहरुलाई व्यवसायिक बाटो देखाउन यस्तो कार्यक्रम आयोजना गरिएको कुरामा जोड दिनु भयो।
उद्यमशिलता बिकास र दिगो बिकासका लक्ष्य प्राप्तिका लागी सरकार र निजी क्षेत्रको भूमिका के हुन सक्छ भन्ने बिषयमा छुट्टाछुट्टै भएको प्यानल छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प राज कँडेल, प्रधानमन्त्री रोजगार कार्यक्रमका सह सचिव प्रकाश दाहाल, नेपाल राष्ट्र बैँकका निर्देशक किरण पण्डित, निजी क्षेत्रका ब्लिंक भेन्चर, वल्र्ड इनोभेसन फोरम, किङ्स कलेज, नेपाल कमिटियर लगायतका प्रतिनिधिहरुले आ आफ्नो क्षेत्रबाट युवा उद्यमशिलता प्रवद्र्धन गर्न कृयाशिल रहेको जानकारी गराएका थिए।
यस कार्यक्रममा देशभरीका युवालाई कसरी उद्यमशिलता प्रवद्र्धन गर्नकालागी कार्यशालामा १०० जना भन्दाबढिको उपस्थिति रहेको थियो।
कार्यक्रम समापनमा मानानीय युवा तथा खेलकुद मन्त्रीको आतिथ्यमा हुनेछ।