ईकोनोमिक खबर, काठमाडौं।
नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ मङ्गलबारदेखि राजधानीमा शुरु भएको छ।
नेपाल चेम्बर अफ कमर्श अन्तरगत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र उनीहरुको संस्कृतिलाई जर्गेनाका लागी पनि यस्ता मेलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । तिजलाई नेपाली समाजमा महिला सशक्तिकरणको प्रतिकको रुपमा लिइने भन्दै यस तिज मेलामा महिलाद्घारा उत्पादित वस्तु तथा ब्राण्डको प्रदर्शन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
राजधानीको त्रिपुरेश्वर स्थित United World Trade Center (DECC Nepal) मा आगामी शनिबार सम्म मेला संचालन हुने कार्यक्रम ब्यवस्थापनले जानकारी गराए। १२ औं तिज मेलालाई यसबर्ष देखि अन्तराष्ट्रिय व्यापार मेलाको रुपमा विभिन्न अन्तर्राष्ट्रीय सामान तथा बजारीकरणमा यसलाई अगाडि बढाइएको छ।
इभेन्ट म्यानेजमेन्टको रुपमा इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको तीज मेलाको यो १२ औं संस्करणका लागि आयोजकमा विगतमा जस्तै डिइसीसी नेपालको हलमा यस मेला संचालन रहेको छ ।
काठमाडौंको त्रिपुरेश्वर स्थित World Trade Centerमा आयोजना हुने गरेको ‘१२ औं तीज मेला तथा अन्र्तराष्ट्रिय व्यापार मेला २०७६’ तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ । यो मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता रहेको छ भने ५०,००० भन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना सृजनात्मक बस्तु उत्पादन र सेवा मार्फत प्रदर्शन तथा बजारीकरण गर्ने उद्देश्यले वार्षिक रुपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ।
महिलाहरुको लागि व्यवसायिक क्षमता तथा जनसम्पर्क बढाउने माध्यमको रुपमा यस मेला आयोजना हुँदै आएको छ। साथै यसपाली अन्तर्राष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको छ । भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि मेलामा रहेका छन्।
मेला संयोजक सुमन महर्जनले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरुलाई व्यवसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताउनुभयो।
तीज मेला तथा अन्तराष्ट्रिय व्यपार मेलाको तयारी र प्रवद्र्घन व्यापक रुपमा हुँदैछ । कतिपय महिला उद्यमीले त यो मेलामार्फत नै आफैं उद्यमी बनेर व्यवसाय बिस्तार गर्नु भएको छ, त्यसैकारण यो मेलालाई हामीले निरन्तरता दिन सकेका हौं,’ महर्जनले भन्नुभयो। यो इभेन्टको अवसर पारेर राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रर्दशकहरु सहभागी हुनेछन भने नयाँ ब्राण्ड र उत्पादनहरु सार्वजनिक गरिने योजना रहेको छ।
प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क हेयर डिजाईन कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चरल प्रोग्राम लगायतका कार्यक्रम यस मेलामा राखिएको छ।
प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क विस्तार र व्यवसाय बृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ। मेलामा अन्तर्राष्ट्रिय स्टलहरु हुने भएकाले अवलोकनकर्ताहरुले नेपाली सामान मात्र नभई विदेशी उपभोग्य सामानहरु सही मूल्यमा पाउनुहुनेछ।
नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहेका छन्