ईकोनोमिक खबर, काठमाण्डौं।
नाफा कमाउने वाणिज्य बैंककै पंक्तिमा राष्ट्रिय वाणिज्य बैंकपछि अर्को सरकारी स्वामित्वको बैंक कृषि विकास बैंक दोश्रोमा रहेको छ। तेस्रोमा मात्रै निजीक्षेत्रको तर्फबाट नबिल बैंक परेको छ।
२८ वाणिज्य बैंकमध्ये हालसम्म २६ ले गत आ.ब.को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । तीमध्ये नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेन्चुरी कमर्शियल बैंकको मात्रै नाफा घटेको छ । त्यस्तै, रू. २ अर्बभन्दा बढी नाफा कमाउने बैंकहरूको संख्या १८ पुगेको छ ।
कृषि विकास बैंकले गत आवमा ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा १९ दशमलव १५ प्रतिशतको वृद्धि हो। खराब कर्जा घटाई २.९० प्रतिशतमा झार्न सफल भएको र स्प्रेडदरलाई व्यवस्थापन गरेका कारण मुनाफा छ । बैंकका अनुसार बचत खाताको ब्याजदरमा २ प्रतिशत बद्धि तथा कर्जाको ब्याजदर समेत डेढ प्रतिशतदेखि २ प्रतिशतको हाराहारीमा घटाइएकोले करीब २० प्रतिशत बढी नाफा कमाउन सफल भएको हो।
नेपाल राष्ट्र बैंकले औसत स्प्रेड दरको गणना विधि परिमार्जन गरेअनुसार अहिले नै लागू गर्ने हो भने बैंकको करीब २२ प्रतिशत नाफा घट्न सक्छ ।
यस्तै, बढी नाफा कमाउने बैंकको सूचीमा तेस्रो स्थानमा रहेको नविलले गत आवमा रू। ४ अर्ब २९ करोड नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ७ दशमलव ८४ प्रतिशतले बढी हो।
तर, चौंथो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा ६ दशमलव ६६ प्रतिशतले घटेको छ । २०७४र७५ मा रू। ३ अर्ब ६५ करोड नाफा कमाउन सफल इन्भेष्टमेन्टको गत आवमा नाफा रू। ३ अर्ब ४१ करोड रह्यो ।
वित्तीय विवरण सार्वजनिक गरिएका २६ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा सेन्चुरी बैंकको छ । २०७४र७५ मा रू। ९१ करोड २२ लाख नाफा कमाएको सेन्चुरीको नाफा गत आवमा घटेर रू. ८६ करोड ८ लाखमा खुम्चिएको छ।