ईकोनोमिक खबर, काठमाडौं।
निजी क्षेत्रको तुलनामा सरकारी बैंकहरु सेवा र पर्फमेन्सको हिसाबले पडाडि हुन्छ भन्ने आम बुझाइलाई तोड्दै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै ५ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
बैंकले अघिल््लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकले खुद ब्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ११ करोड रुपैयाँ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी बैंक प्रतिस्पर्धामा जान सक्दैनन भन्ने आम बुझाइलाई तोड्दै नेपालका बैंकिङ क्षेत्रहरुमध्येकै अब्बल बनेर उदाहरण पेश गरेको बताउनुभयो। यसका लागि धेरै मेहनत गरेको भन्दै सिइओ श्रेष्ठले भन्नुभयो –‘यसका लागि हामीले हामीसँग भएको रिसोर्सेसलाई उच्चतम सदुपयोग ग¥यौं, व्यवसायलाई विस्तार गर्यौ र अनावश्यक खर्चलाई नियन्त्रण गर्यौं ।’
भौगोलिक हिसाबले विकट देखि सुगम सम्म देशका ७७ वटै जिल्लामा २२३ शाखा मार्फत बैंकिङ सेवा दिइरहेको भन्दै उहाँले कर्मचारीको उत्पादकत्व क्षमतामा बृद्घि गर्नुका साथै निष्कृय कर्जालाई पनि घटाइएको जानकारी दिनुभयो ।
सरकारले छुट्याएको प्राथमिकता प्राप्त क्षेत्रमा उच्च प्राथमिकता दिएर लगानी गरिरहेको बताउँदै सिइओ श्रेष्ठले भन्नुभयो –‘बजेट भाषणमा सरकारले निधारण गरेका प्राथमिकता प्राप्त क्षेत्रमा नेपालमै रहेका वाणिज्य बैंकहरुकै ५० प्रतिशत लगानी हामीले गरेका छौं ।’
प्राथमिकता प्राप्त क्षेत्रमा वित्तीय पहुँचका साथै उत्पादकत्व बृद्घि गर्नका लागि बैंकले साना तथा घरेलु उद्योगीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमीहरुका विभिन्न संघरसंस्थासँग सम्झौता गरेरै सहुलियत ब्याजदरमा ऋण प्रवाह गरिरहेको उहाँले जानकारी दिनुभयो ।
बाणिज्य बैंक अरु बैंकभन्दा निक्षेप संकलन र ऋण लगानीमा आक्रामक देखिएको छ । सर्वसारधाण तर्फको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ संकलन गरि एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।
अघिल्लो वर्ष बैंकले एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १७ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । पूँजीकोष अनुपात १३।२० प्रतिशत रहेको बैंकले खराब कर्जा ४।७५ प्रतिशतबाट ३।९० प्रतिशतमा झारेको छ । आधार व्याजदर थप ६।२० प्रतिशतबाट ५।५० प्रतिशतमा झारेको छ ।
केन्द्रिय बैंकको निर्देशन अनुसार स्प्रेददर झार्न खोजे पनि अझै राष्ट्र बैंकले दिएको सिलिङ भन्दा थोरै मात्रै माथि रहेको बैंकले स्प्रेडदरलाई पनि ४।९५ प्रतिशतबाट ४।४६ प्रतिशतमा झारेको छ । यस्तै बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ जम्मा गरेको छ ।
बैंकले अनुमानित एक अर्ब ७६ करोड कर प्रयोजनका लागि छुट्याएको छ । बैंकको प्रतिशेयर आम्दानी ५९।१७ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षमा ४२।१९ प्रतिशत रहेको थियो । यस्तै कुल ऋण अनुपात ७२।७८ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षमा ६७।९ प्रतिशत रहेको थियो ।