ईकोनोमिक खबर, काठमाडौं।
नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतको स्वतन्त्रता दिवशका अवसरमा आयोजित यस कार्यक्रमले भारतका समस्त बासिन्दा र नेपाल नेपाली जनता बीचमा ज्यादै ऐतिहासीक सम्बन्ध, निकट, सदभाव रहेकोले सबैमा हार्दिक शुभकामना ज्ञापन गर्न चाहन्छु भन्नुभयो। आगामी दिनमा अझै साथ सहयोग रहने र भारतको विकासमा नेपालको पनि समद्धिमा सधैं सहयोगी रहने विश्वास जनाउनु भयो।
राजदूत मन्जीव सिंह पुरीले आतंकवाद अन्त्यका लागि भारत सरकारले जम्मु कश्मिरलाई केन्द्र सरकार मातहत ल्याएको बताए। भारतीय जनताको चाहनाअनुसार राजनीतिक स्थायित्व र आतंकवाद अन्त्यका लागि सो कदम चालिएको जिकिर गरे। नेपाल र भारतबीचको सम्बन्ध दुवै पक्षको जित हुने सिद्धान्तमा आधारित रही अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
मंगलबार काठमाडौंमा स्वतन्त्र यूवा प्रजातान्त्रिक यूनियन नेपालले आयोजित कार्यक्रममा विशिष्ट वक्ताका रुपमा नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका राजदुत महामहिम श्री मन्जिवसिंह पुरीको उपस्थित थियो। यस कार्यक्रममा संघिय, राष्ट्रिय तथा प्रदेश सभाका माननीय सांसदज्यूहरु, नेपालका विभिन्न राजनीतिक दलका नेताहरु, उच्च पदस्थ सरकारी कर्मचारी, विभिन्न सुरक्षा निकायका अधिकारीहरु, व्यवसायीहरु, विशिष्ठ व्यक्तित्वहरु, कलाकर्मी तथा सञ्चारकर्मीको उपस्थिती थियो।
सामाजिक सेवाको क्षेत्रमा क्रियाशील गैह्रराजनीतिक संस्था स्वतन्त्र यूवा प्रजातान्त्रिक यूनियन नेपाल हो । यो संस्थाले सामाजिक क्षेत्रमा विभिन्न छलफल तथा बहस कार्यक्रमहरु आयोजना गर्दै आएको विषयमा यस संस्थाका अध्यक्ष अरविन्द कुमार महतोले बताउनुभयो ।
स्वतन्त्र यूवा प्रजातान्त्रिक यूनियन नेपाल, त्यस्तो संस्था हो, जो नेपाल र भारतको मित्रता नयाँ उचाइमा पुगेको देख्न चाहन्छ। समान सभ्यता, समान धार्मिक तथा सांस्कृतिक परम्परा र समान जीवनशैली अंगालेका दुई देशहरु, नेपाल र भारतको सम्बन्ध निकै बिशिष्ट प्रकृतिको रहँदै आएको छ। यो सम्बन्ध संसारकै दुर्लभ प्रायः सम्बन्ध मध्येको हो।
आर्थिक प्रगतीको दिशामा भारतले आज जुन गति लिएको छ, त्यो नेपालका लागि अनुकरणीय छ। भारत आज सेवा क्षेत्रका लागि विश्वभर कहलिएको छ। चिकित्सा, इन्जिनियरिङ र आइटीमा भारतको प्रगति अत्यन्तै लोभलाग्दो छ। विश्वभरी नै त्यस्ता सेवा क्षेत्रहरु भारतिय जनशक्ती उच्च तहमा कार्यरत छन्। तर यता, नेपाल भने आज पनि अदक्ष र अर्धदक्ष यूवा जनशक्ती खाडी निर्यात गर्न बाध्य छ। यो स्थिती सुधार्न नेपालले भारतबाट सिक्नुपर्छ, र नेपाली युवाको नाताले हामी यस दिशामा भारत सरकारको सहयोग र सदाशयता बढ्दै गएको देख्न चाहन्छौं । यस्ता कार्यक्रमहरुले नेपाल–भारतबिचको मित्रताको गाँठोलाई झन–झन कसिलो बनाउँदै जानेछ भन्नेमा विश्वस्त छु। यसका लागि म महामहिमज्यूलाई युवा एक्सचेन्ज जस्ता कार्यक्रमका लागि अनुरोध संस्थाका अध्यक्षले गरे।
कार्यक्रममा नेपाली नेता, सासंद लगायतका प्रजातान्त्रिक र विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
महामहिम राजदुत श्री पुरीजीमार्फत मित्रराष्ट्र गणराज्य भारतका बासिन्दालाई स्वतन्त्रता दिवशका अवशरमा हार्दिक शुभकामना व्यक्त गर्दै चियापान, भेटघाट सम्पन्न भयो।